सार्वजनिक ऋण व्यवस्थापनले १७ अर्बको ट्रेजरी बिलमा बोलकबोल गर्दै, नयाँ ऋण भने ५ अर्ब

काठमाडौं, मंसिर ०३ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबारका लागि १७ अर्ब २३ करोड  रुपैयाँ बराबरको ट्रेजरी बिलमा बोलकबोल गर्ने भएको छ । जसमध्ये १२ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । साथै ५ अर्बको रुपैयाँ बराबरको ट्रेजरी बिल नयाँ (फ्रेस) जारी गर्न लागेको हो ।

सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ । भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ । 

यसैगरी, कार्यालयले २८ दिन, ९१ दिन र १८२ दिनको ट्रेजरी बिल जारी गर्न लागेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । जसअनुसार १८२ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी नयाँ जारी गर्न लागेको र यो ट्रेजरी २०८२ जेठ ६ गते परिपक्व हुने कार्यलयले जनाएको छ । 
यस्तै, २८ दिन र १८२ दिनको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।

२८ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो । यो ट्रेजरी पुस २ गते परिपक्व हुनेछ । त्यस्तै, ९१ दिनका लागि ७ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । यो ट्रेजरी फागुन ६ गते परिपक्व हुनेछ ।

बोलकबोलमा सोमबार (आज) विहान १० बजेदेखि दिउँसो २ बजेसम्म सहभागी जनाउनु पर्नेहुन्छ । सोमबार बोलकबोल हुने ट्रेजरी बिल मंगलबार निष्कासन हुने कार्यालयले जनाएको छ । ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । 

व्यक्तिको हकमा रहेको ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पाइने र सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागीता जनाउन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।