बेलायतमा यसरी मनाइयो चासोक थिसोक

आसफाेर्ड(यूके) । याक्थुङ समुदायको बाक्लो बसाेबास रहेको बेलायतमा चासाेक थिसाेक पूजा सम्पन्न भएको छ । समुदायको महान् पर्व चासाेक थिसाेक तङ्नामकाे अवसरमा पूजा तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको हाे ।

गत १६ नाेभेम्बर शनिबारका दिन युमा साम्याे महासभा यूकेकाे आयोजनामा आसफोर्डमा भएको कार्यक्रमकाे पहिलो चरणमा  चासोक थिसोक पूजा सम्पन्न भएको थियोे । त्यसैगरी, दोस्रो चरणमा ओैपचारिक कार्यक्रम सम्पन्न भएको महासभाका यूके अध्यक्ष दिल पालुङ्वा याक्थुङले बताए । येबा दल बहादुर फुरुम्वाेकाे प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उनले चासोक थिसोकबारे मन्तव्य राखेका थिए ।

त्यसैगरी, सल्लाहकारहरू नरेन्द्र माबाेहाङ र लोकेन्द्र तबेबुङले मन्तव्य राखेका थिए । यस्तै, कियाचु यूके अध्यक्ष कमला सेन्दाङले समेत शुभकामना मन्तव्य दिएकी थिइन् । सहसचिव सानु सुब्बाले सञ्चालन गरेकी कार्यक्रममा उपाध्यक्ष हरिभक्त आङबुहाङले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रमकाे तेस्रो चरणमा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको थियोे । जसमा हाक्पारे, पा:लाम, या?लाङ, केलाङ प्रस्तुत भएको थियोे । नेपालबाट बेलायत भ्रमणमा आएका गायकहरू गंगा फियाक र सुनिता सम्बाहाङ्फेको प्रस्तुति रहेको थियोे । त्यस्तै, गाेरखा बीएफबीएसका प्रतिनिधि योगराज राईले समेत रिपोर्टिङ गरेका थिए ।

यसपटक प्रसादका रूपमा नाम्स्या पनि तयार पारिएको महासभाका अध्यक्ष पालुङ्वाले बताए । उनले सबैले याक्थुङ परिकारहरू हुक्वाका रूपमा ल्याएकाे जनाए । चासाेककै अवसर पारेर याक्थुङ भाषा र सिरिजङ्गा लिपिकाे प्रबर्द्धनमा योगदान पुर्‍याएकाे जनाउँदै छत्र वनेमलाई सम्मान पत्र प्रदान गरिएको थियोे ।

युमा साम्याे महासभाले विगत तीन वर्षदेखि एकरुपता कायम गर्न तिथिमा नभएर मितिका रूपमा प्रत्येक सालकाे मङ्सिर एक गते देश विदेशभर चासाेक पर्व मनाउँदै आएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।