अमेरिकाको भर्जिनियामा कार दुर्घटना हुँदा एकजना नेपालीको मृत्यु
काठमाडौ । अमेरिकाको भर्जिनियामा कार दुर्घटना हुँदा एकजना नेपालीको मृत्यु भएको छ ।
आठसविसकोट नगरपालिका–७ औलीघाँउ स्थायी ठेगाना भइ हाल अमेरिकामा बस्दै आएका बर्ष २१ का सुरेश केसीको मृत्यु भएको उहाँका साथी सुरेश गौतमले बताउनुभयो ।
गौतमका अनुसार एक बर्षअघि अमेरिका पुग्नुभएका केसी भर्जिनियाकै एक रेष्टुरेन्टमा काम गर्नुहुन्थ्यो । ‘कामबाट फर्किने बेलामा उहाँ चढेको कार रुखमा ठोक्किएर दुर्घटना भएछ,’ उहाँले भन्नुभयो, ‘उक्त कारमा उनीसँगै चढेका अर्का एक जनाको पनि मृत्यु भएको भनिएको छ । तर उनी को हुन् भन्ने चाहिँ खुलेको छैन ।’


