अमेरिकामा बन्यो पहिचानवादी माेर्चा

युसए । संयुक्त राज्य अमेरिकाको टेक्सास राज्यमा पहिचानवादी माेर्चा गठन भएको छ । राज्यको डालासमा पहिचानवादी मोर्चाको भेलाले हरिमान तुम्बाहाम्फेको संयोजकत्वमा १९ सदस्यीय पहिचानवादी मोर्चा समिति गठन गरेको छ ।

माेर्चाका संयाेजक प्रा.डा. महेन्द्र लाओेतीकाे प्रमुख आतिथ्यमा भएको भेलाले सह संयोजकहरूमा तोङ्सा योङ्या (भूपेन्द्र), अमर सेनेहाङ र ईयोन नाछिरिङ राई चयन गरेको छ । त्यस्तै, सदस्यहरूमा आशिष लिङ्देन, अम लिम्बु आवाजुङ, नगेन्द्र इङ्नाम, सरोज तुम्बाहाम्फे, विश्वास योङहाङ, प्रेम फागो, इन्द्र थेबे, मिना चेम्जोङ, एलबी साँवा, अमृत तुम्बाहाम्फे, हिमाल जङ्ग क्षेत्री, कृष्ण जङ्ग लिम्बु, अनिता लिङ्देन, कृष्ण फागाे र लोकेन्द्र बहादुर विश्वकर्मा रहेका छन् ।

माेर्चालाई अमेरिकाकाे अन्य राज्यहरू समेत विस्तार गरिने संयाेजक तुम्बाहाम्फेले बताए । पहिचानवादी आन्दोलनलाई प्रवाससँग समेत जाेड्न माेर्चाहरू गठन गर्न सुरु गरिएको केन्द्रीय संयाेजक डा. लाओेतीले बताए । उनले पहिचानवादीहरूकाे एकीकृत शक्ति निर्माणले मात्रै उत्पीडनबाट मुक्ति मिल्ने जनाए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।