क्रोसियमा नेपाली दूतावास स्थापना गर्न माग

क्रोएशिया ।जाग्रेब। क्रोएशियामा बसोबास गर्दै आएका नेपालीहरूले नेपाली राजदूतावास स्थापना गर्नका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)लाई सहयोगको आग्रह गरेका छन्।

गैरआवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष डा. हेम राज शर्मासँग मंगलबार जाग्रेबमा भएको एक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले क्रोएशियामा नेपालीहरूको जनघनत्व बढ्दै गएको र त्यसको परिणामस्वरूप यहाँ नेपाली दूतावासको आवश्यकता पनि स्पष्ट रूपमा महसुस गरिएको बताए।

कार्यक्रममा बोल्दै डा. हेम राज शर्माले गैरआवासीय नेपाली संघले विदेशमा बसोबास गर्दै आएका नेपाली र नेपालबीचको सम्बन्धलाई सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताए। उनले भने, “गैरआवासीय नेपाली संघको अभियानले विदेशी भूमिमा बस्ने नेपालीहरूको समस्याहरू समाधान गर्न महत्त्वपूर्ण योगदान पुर्याएको छ। यद्यपि संस्था ठूलो हुदै गएपछि केही चुनौतीहरूको सामना गर्नुपरेको छ।”

डा. शर्माले थपे, “संस्था बढ्दै जान्छ, चुनौतिहरु पनि थपिन्छन्। हामी यसको समाधानका लागि तयार छौं र संस्थामा भएका असन्तुष्टिहरूलाई सम्बोधन गरेर आगामी महाधिवेशन आयोजना गर्ने तयारीमा छौं।” उनले सबै राष्ट्रिय समितिहरूलाई केन्द्रको विवादमा नपर्ने अपिल पनि गरे।

गैरआवासीय नेपाली संघ (क्रोएशिया) का अध्यक्ष साइमन लामाले क्रोएशियामा करिब ३०,००० नेपालीहरु बसोबास गर्दै आएको जानकारी दिए। उनले क्रोएशियामा नेपाली दूतावासको अभावका कारण राहादानी र कन्सुलर सेवामा असुविधा भइरहेको उल्लेख गरे। क्रोएशिया स्थित नेपालीहरूलाई अष्ट्रियास्थित नेपाली दूतावासले सेवा प्रदान गर्दै आएको भए पनि कर्मचारी अभावका कारण पर्याप्त सेवा प्रदान गर्न नसकेको उनले बताए।

लामाले थपे, “क्रोएशियामा वर्क परमिटमा आएका नेपालीहरूले समयमै तलव नपाउने र कामको ग्यारेन्टी नभएको समस्याको सामना गरिरहेका छन्। यहाँ नेपालीहरूको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ, त्यसैले नेपाली दूतावासको तत्काल स्थापना गर्नका लागि एनआरएनएलाई पहल गरिदिन अनुरोध गर्दछु।”

कार्यक्रममा डा. शर्माले गैरआवासीय नेपाली संघले अन्य देशका लागि दूतावास स्थापना गर्न जस्तै क्रोएशियाका लागि पनि पहल गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा एनआरएनए क्रोएशियाका सल्लाहकार कमल मान गुरुङ, दावा लामा, महिला उपाध्यक्ष रञ्जु चौहान, महासचिव हरि घिमिरे, कोषाध्यक्ष दुर्गा अधिकारी, सहकोषाध्यक्ष रबिना थिङ, सदस्य प्रकाश बोहोरा, विकास मेचे, धर्मलाल दास, आकृति घिमिरे, जेनिफर श्रेष्ठ लगायतका सदस्यहरूको उपस्थिति रहेको थियो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।