गुल्मेली समाज यूकेले अपांगता दिवस च्यारिटीमा जुटाए १५ लाख

लन्डन- गत १ डिसेम्बर २०२४ का दिन मिडल्यान्डको मार्केट हारबरोस्थित हारबरो टाउन कम्युनिटी फुटबल ग्राउन्डको हलमा सम्पन्न अपांगता दिवस च्यारिटी कार्यक्रमबाट गुल्मी जिल्ला समाज यूकेले करिब १५ लाख रुपैयां संकलन गरेको छ ।

संकलित रकम विगत जस्तै नेपालमा अपांगताकै क्षेत्रमा सहयोग गरिने समाजका अध्यक्ष रुद्र थापाले बताए।

‘समाजले विगत १३ वर्षदेखि बेलायतमा च्यारिटी कार्यक्रम गरी रकम उठाएर नेपालमा अपांगता भएकाहरुको लागि सहयोग गर्दै आएको छ । यसपटक पनि हामी त्यसैलाई निरन्तरता दिन्छौं’, अध्यक्ष थापाले भने, ‘तर अपांगताकै क्षेत्रमा पनि यसपटक फरक ढंगले सहयोग गरौं भन्ने हाम्रो सोच छ । अक्षयकोष स्थापना गरेर देशैभर आवश्यकताअनुसार सहयोग गर्न सकिए बढी प्रभावकारी हुन्थ्यो कि भन्ने लागेको छ ।’

समाजले अब अपांगता भएका व्यक्तिहरुको सीप तथा क्षमता विकासका लागि तालिमजस्ता उत्पादनमुलक कार्यमा लगानी गर्ने र त्यसबाट तत्काललाई मात्रै नभइ दीर्घकालिन रुपमै सहयोग उपलब्ध हुने विश्वास उनले व्यक्त गरे ।

यसअघि अध्यक्ष थापाको अध्यक्षतामा सम्पन्न च्यारिटी कार्यक्रममा प्रमुख अतिथि लन्डन दूतावासका प्रथम सचिव उद्धव न्यौपानेले शुभकामना मन्तव्य राख्दै नेपालमा अपांगता भएकाहरुको लागि गुल्मी जिल्ला समाजले पुर्‍याउंदै आएको सहयोग प्रशंसनीय रहेको बताए ।

सो अवसरमा विशेष अतिथिहरु एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर, एनआरएनए यूके महासचिव गोविन्द खरेल, समाजका पूर्व अध्यक्ष अर्जुन गौतम, ट्रस्टी रणबहादुर खाती क्षेत्री, सल्लाहकार कमल भण्डारी, साझा नेपाली समाज यूके अध्यक्ष दीपक सापकोटा, सिर्जनशिल लेष्टर नेपाल अध्यक्ष पुण्डरी अर्याल, स्थानीय समाजसेवी जुडिथ स्मिथ, चन्द्र सहानी, विष्णु चालिसे, नारायण फुयाल, शसांक शर्मा, महेश अधिकारी लगायतले मन्तव्य राख्दै समाजका परोपकारी कार्यहरुको प्रशंसा गर्दै निरन्तरताका लागि शुभकामना दिए ।

सो अवसरमा समाजका पूर्व अध्यक्ष राम गलामीले अपांगता दिवससम्बन्धि एक प्रिजेन्टेसन गरे । महासचिव महलाल घिमिरेले सञ्चालन गरेको कार्यक्रममा संयोजक एवम् उपाध्यक्ष मुकुन्द खरालले स्वागत तथा सहसंयोजक सुरेश केसीले धन्यवाद मन्तव्य दिएका थिए।अध्यक्ष थापाले कार्यक्रम सफल पार्न जुट्ने र सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए।

कार्यक्रममा नेपालबाट आएकी चर्चित मोडल रुबिना अधिकारीले आकर्षक नृत्य तथा दीपक घर्ती र रेजिना परियारले गायन प्रस्तुत गरेर मनोरञ्जन गराएका थिए ।

विभिन्न स्थानीय कलाकारसमेतको प्रस्तुति रहेको मनोरञ्जनात्मक कार्यक्रम दीपक माइथाने मगरले सञ्चालन गरेका थिए । सो अवसरमा समाजका सल्लाहकार क्याप्टेन रिटायर्ड वीरबहादुर थापाले गीत प्रस्तुत गरेका थिए । त्यस्तै, प्रथम नौमती बाजा गुल्मी यूकेले पनि विशेष प्रस्तुति गरेको थियो ।

कार्यक्रममा माया केसीको संयोजनमा आकर्षक पुरस्कारसहित ‘राफल ड्र’ गराइएको थियो । समाजले कलाकार तथा कार्यक्रमका सहयोगीहरुलाई मायाको चिनो, प्रमाणपत्रसहित सम्मान गरेको थियो ।

सो अवसरमा उपाध्यक्ष मञ्जु भण्डारी, सचिव राधा खरेलसहितको टीम अतिथि सत्कार, कोषाध्यक्ष तेजप्रसाद रानामगरको टीम टिकेटिङ तथा गुन थापाको टीम खानापान व्यवस्थापनमा खटिएको थियो ।

कार्यक्रममा मिडल्यान्डसहित लन्डन, केन्ट अल्डरसटलगायतका क्षेत्रबाट पुगेका गुल्मेली तथा गैरगुल्मेली नेपालीका साथै स्थानीय बेलायती समुदायका सदस्यहरु समेतको उल्लेख्य उपस्थिति थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।