क्यालिफोर्नियामा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी

काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा शक्तिशाली भूकम्प गएको छ ।

उत्तरी क्यालिफोर्नियामा नेपाली समयअनुसार शुक्रबार बिहान आएको भूकम्पको तीव्रता ७ म्याग्निच्युड मापन भएको अमेरिकी भौगर्भिक सर्वेले जनाएको छ ।

भूकम्पको केन्द्रकृत स्थान क्यालिफोर्नियास्थित पेट्रोलिया सहर नजिकको प्रशान्त महासागर रहेको अमेरिकी अधिकारीहरूले जनाएका छन् । भूकम्पको केन्द्र सो सहरबाट ४० माइलको दूरीमा थियो । भूकम्पले लाखौं मानिसलाई प्रभावित गरेको अनुमान गरिएको छ ।

भूकम्प आएलगत्तै सुनामीको चेतावनी दिइएको छ । कबिर ५३ लाख मानिस सुनामीको जोखिम रहेको बताइएको छ । सुनामीको चेतावनी जारी गरिएको थियो ।

भूकम्प आएको केही समयसम्म विद्युत् आपूर्ति बन्द भएको थियो । स्थानीय अधिकारीहरूका अनुसार भूकम्पबाट मानवीय क्षति वा कुनै ठूलो भौतिक क्षतिको सूचना प्राप्त भएको छैन ।

यद्यपि भूकम्पका कारण त्यहाँका सडक र अन्य संरचनामा क्षति पुगेको छ । भूकम्प प्रभावित क्षेत्रमा अहिले उद्धार कार्य भइरहेको बताइएको छ । अधिकारीहरूले आम मानिसलाई उच्च भूकम्प र सुनामीको जोखिमबाट बच्न आवश्यक कदम चाल्न सचेत गराएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।