महाअभियाेग लागेका दक्षिण काेरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर

सियोल, २९ मंसिर । दक्षिण कोरियाका राष्ट्रपतिलाइ पदबाट हटाउने वा नहटाउने अब अदालतमा निर्भर रहने भएको छ।  
 

अन्तराष्ट्रिय मिडियाका अनुसार त्यहाँको संसदले २०४–८५ मतका आधारमा महाअभियोग प्रस्ताव पारित गरेका छन् ।

 

सो प्रस्ताव पारित भएसँगै राष्ट्रपतिका धेरै अधिकार कटौती भए पनि पदमुक्त हुने वा नहुने भन्ने बिषय भने अब अदालतले निर्धारण गर्नेछ । 

सम्पूर्ण महाभियोग प्रक्रिया आफैंमा हप्ता लाग्न सक्ने दक्षिण कोरियाका संञ्चारमाध्यमले जनाएका छन । उनीहरूका अनुसार सो प्रस्ताव संसदवाट पारित भए पछि अब सो मुद्दा संवैधानिक अदालतमा लैजानु पर्नेछ ।

 

अदालतका ९ सदस्यीय परिषद मध्ये ६ जनाले महाभियोगलाई कायम राख्न मतदान गरेमा मात्र राष्ट्रपति पदबाट हट्ने छन्, नभए उनी पुनर्बहाली हुनेछन् ।  तर, बिपक्षी ६ दलको प्रयास, देशभरी भएका प्रदर्शन र सत्तारूढ दल भित्रै भएको बिद्रोहका कारण पनि उनी अब पदमा रहि रहनेछन भन्ने कुनै ग्यारेन्टी नभएको जनाइएको छ । अन्ततः उनी पदमुक्त हुनेछन् ।
 

पद मुक्त भएको अवस्थामा ६० दिनभित्र अर्को राष्ट्रपतिको निर्वाचन आह्वान गरिनु पर्ने संबैधानिक ब्यवस्था छ ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।