धनकुटामा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न
धनकुटा,२७ पौष। एक्सल डेभ्लोप्मेन्ट वैंक धनकुटा शाखाले त्रिवेणि माध्यमिक विद्यालयको परीशरमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
जिवन योग प्रयोगशाला केन्द्रका ३० जना सदस्यहरुलाई वित्तिय सम्बन्धि साक्षयर वनाउने उदेश्यले आयोजना गरीएको कार्यक्रममा आम्दानी,खर्च,रिण,विमा,राजश्व, सम्बन्धि ज्ञान प्रदान गर्नुको साथै समय सापेक्ष रहेको डिजिटल वैंकिंग सम्वन्धि साक्षरता प्रदान गरीएको एक्सल डेभ्लोप्मेन्ट वैंक धनकुटा शाखाका शाखा प्रमुख क्षितिस पैडेलले वताए।
अहिलेको युग डिजिटल तर्फ फड्को मार्दै गर्दा वैंकिग प्रणालि पनि डिजिटल हुदै गहिरहेको छ, नया नया प्रबिधिहरुको फाईदाहरु सगै यसको सहि उपयोग गर्न नजान्दा निकै मानिसहरु ठगीएको घटनाहरुको समचार सुन्दै आईरहेको जस कारणले यो कार्यक्रम एकदमै प्रभावकारी रहेको कार्यक्रममा बोल्दै जिवन योग प्रयोगशाला केन्द्रका अध्यक्ष तुलसि बाह्रकोटीले बताए ।


