जिल्ला सहकारी संघ लिमिटेड धनकुटाको अध्यक्षमा सुवेदी
धनकुटा,२७ पुस । जिल्ला सहकारी संघ लिमिटेड धनकुटाको १३औं अधिवेशनबाट पुन खगेन्द्रप्रसाद सुवेदी अध्यक्षमा चयन हुनु भएको छ।
त्यस्तै सङ्घको उपाध्यक्षमा धीरेन्द्र थिङ सचिवमा तिलबहादुर महत कोषाध्यक्षमा लक्ष्मण काफ्ले सहसचिवमा मञ्जु कार्की सदस्यमा जीवन कटवाल, खेमराज घिसिङ वीरबहादुर थापा, शैलेशमान श्रेष्ठ निर्विरोध निर्वाचित हुनु भएकाे छ ।
त्यस्तै लेखा सुपरिवेक्षण समिति संयोजकमा हरिप्रसाद तिम्सिना सदस्यमा मेघराज शाही र महेन्द्र थापा चयन हुनुभएको छ। केन्द्रीय प्रतिनिधिमा जयन्द्र घिसिङ्ग चयन हुनुभएको जनाइएको छ।


