हमास इजरायल बिचका युद्दबिराम पछि दुवै देशमा जनस्तरवाट स्वागत

तेलअभिव, ३ माघ । इजरायल र हमासले गाजामा युद्ध रोक्न सहमत भएका छन् ।
 
सो सहमति अनुसार हमासको नियन्त्रणमा रहेका रहेका इजरायली बन्धक र इजरायली हिरासतमा रहेका प्यालेस्टिनी बन्दीलाई रिहा गर्न पनि दुवै पक्ष सम्झौतामा सहमत भएका छन्।
 
इजरायल र हमास बिच भएको सो सहमतिको अन्तर्राष्ट्रिय सहायता एजेन्सीहरूले स्वागत गरेका छन र गाजाको पुनर्निमाणमा सहयोग गर्ने प्रतिबद्ता पनि जनाएका छन । 
 
प्यालेस्टिनी शरणार्थीहरूको लागि संयुक्त राष्ट्र एजेन्सीले युद्धको कारणले गर्दा पीडा कम गर्न गाजापट्टीमा द्रुत र निर्बाध मानवीय पहुँचको लागी आह्वान गरेको छ ।
 
तीन चरण सम्झौता आइतवारबाट लागु हुनेछ । तर, यसको धेरै विवरण र समयरेखा अस्पष्ट नै रहेको जनाइएको छ। जुन सहमतिलाई इजरायली मन्त्रिपरिषद्ले अनुमोदन गर्न बाँकी छ र प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सबै विवरणहरू अन्तिम नभएसम्म टिप्पणी नगर्ने बताएका छन्।
 
सो सम्झौता बाइडेन र ट्रम्पको सचिवालयको सहयोग र सहकार्यमा अभूतपूर्व स्तरको मध्यस्थता गरिएको थियो । अमेरिकी राष्ट्रपति जो बाइडेनले वार्ता अस्थायी युद्धविरामभन्दा युद्धलाइ स्थायी रूपमा नै अन्त्य गरिनु पर्ने भएकाले दोस्रो चरणमा जाने बताएका छन्।
 
हमास र इजरायल बिच युद्दबिराम गर्नका लागि सहमति भए पछि प्यालेस्टाइन र इजरायलका जनताले सडकमा उत्रेर खुसियाली मनाएका छन । उनीहरू पराम्परागत बाजा र प्ले कार्ड लिएर युद्दबिरामको स्वागत गरेका छन् ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।