हमास-इजरायल सम्झौंता, आइतवारवाट तीन चरणमा सकिने

दोहा, ४ माघ । विगत डेढ वर्षदेखि चलिरहेको इजरायल र हमास युद्द अन्ततः रोकिने संकेत देखिएको छ । 

 

इजरायल र हमासबीचको यो सम्झौताका लागि कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले महत्वपुर्ण भूमिका खेलेका छन् । उनले यो सम्झौताका बारेमा विज्ञप्ति पनि दिएका छन् । 

 

उनका अनुसार सबै कुरा ठीक भएमा वा यो सम्झौता स्वीकृत भएमा आगामी आइतबारदेखि हमास–इजरायलका बिचको युद्बबिराम लागू हुने बताएका छन् । कतारका प्रधानमन्त्रीले आइतबार देखि इजरायल र हमासबीचको युद्धविराम सम्झौता लागू हुने भन्दै १५ महिना लामो युद्ध अन्त्यको भएको घोषणासमेत गरेका छन् । इजरायल र हमासले पनि यसको पुष्टि गरेका छन् । 

कतारमा भएको सहमति अनुसार सम्झौताको पहिलो चरणमा हमासले ५ महिलासहित ३३ बन्धकहरूलाई रिहा गर्ने देखिएको छ भने जसको बदलामा इजरायलले २५० प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्नेछ। र, यसको १५ दिनपछि हमासले बाँकी बन्धकहरूलाई रिहा गरिनेछ । 

 

सीएनएनको रिपोर्टका अनुसार युद्धविराम घोषणा हुनेबित्तिकै गाजा र इजरायलबीच बफर जोन बनाइने छ। इजरायलले सीमाबाट २ किलोमिटरसम्मको बफर जोनको माग गर्दै आएको छ भने हमासले सन् २०२३ को अक्टोबरसम्म ३०० देखि ५०० मिटरको बफर जोन चाहेको छ। मध्यवर्ती क्षेत्रबारे अन्तिम निर्णय हुन भने बाँकी रहेको छ ।

 

इजरायल र हमासबीचको युद्ध रोक्ने विषयमा अहिलेसम्म आधिकारिक रूपमा केही भनिएको छैन तर स्रोतका अनुसार दुई देशबीच यो सम्झौतामा पुग्न केही महत्वपूर्ण शर्त राखिएको छ । यी सर्तहरू पूरा गरेपछि मात्र यो युद्ध रोकिनेछ।

 

यी सर्तहरूमा इजरायलले हमासलाई आफ्ना सबै बन्धकहरूलाई रिहा गर्न आग्रह गरेको छ। बदलामा हमासले पनि इजरायलसँग आफ्नो हिरासतमा रहेका प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्न माग गरेको छ। स्रोतका अनुसार दुईबीच युद्ध रोक्नको लागि भएको यो सम्झौता सुरुका केही साताका लागि मात्रै हो । 

 

समाचार अनुसार युद्बबिराम सम्झौता तीन चरणमा लागु हुनेछ । जसअनुसार सम्झौताको पहिलो चरणअन्तर्गत हमासले ३३ इजरायली बन्धकहरूलाई रिहा गर्नेछ। जसमा विशेषगरी महिला, बालबालिका र वृद्धवृद्धा समावेश हुनेछन् । 

 

दोस्रो चरणमा इजरायलले गाजाबाट आफ्ना सेना फिर्ता गर्नेछ। यस अवधिमा दुबै पक्षले आफ्नो सैन्य कारबाही रोक्नेछन् ।

 

तेस्रो चरणमा बाँकी रहेका शव फिर्ता गर्ने काम हुनेछ । यसपछि इजिप्ट, कतार र संयुक्त राष्ट्र संघको रेखदेखमा गाजामा पुनर्निर्माणको काम सुरु गरिने जनाइएको छ ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।