बिमानमा बम भएकाे सन्देश पछि…

ढाका, ९ माघ । बंगलादेशको हजरत शाहजलाल अन्तर्रा्ष्ट्रिय विमानस्थलमा बम राखिएको धम्की पछि ६ घण्टाको आपत्कालीन घोषणा गरिएको छ ।  

 

बिहान आएको एक बिमानमा बम राखिएको धम्की आए पछि बुधबार दिउँसो करिब १२ बजेसम्म त्यहाँ कुनै शंकास्पद बस्तु नभेटिएको जनाइएको छ ।

 

ढाका ट्रिब्युनका अनुसार बिहान ५ः३० बजे विमानस्थल नियन्त्रण कक्षमा रोमबाट आउँदै गरेको बंगलादेश विमान एयरलाइन्सको बिजी ३५६ को विमानमा बम रहेको सन्देश आएको थियो । र, यो पनि भनिएको थियो कि त्यो बम जुन जुनसुकै बेला विस्फोट हुनसक्छ । सो धम्कीको जानकारी तुरुन्तै उच्च अधिकारीहरूलाई पठाइयो।

 

क्याबका अध्यक्ष र  कार्यकारी निर्देशक समूह क्याप्टेन कमरुल इस्लाम र अन्य वरिष्ठ अधिकारीहरू विमानस्थलमा पुगेका थिए। र, सम्पूर्ण क्षेत्रलाई तुरुन्तै व्यापक सुरक्षा घेरा अन्तर्गत राखिएको थियो। उक्त कार्यमा वायुसेनाको बम डिस्पोजल टोली, क्विक रेस्पोन्स टिम (क्यूआरटी), फायर सर्भिस र अन्य कानून प्रवर्तन एजेन्सीहरुको सहभागिता रहेको थियो ।

 

करिब २०० यात्रु र चालक दलका सदस्य सवार उक्त विमानले बिहान ९ः३५ बजे आपतकालीन अवतरण गरेको थियो । खोजी सुरु हुनु अघि यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको थियो।

‘हामीले यो क्षेत्रलाई सुरक्षित राखेको सुनिश्चित गर्यौं र विस्तृत खोजी गर्‍यौं,’ एचएसआइएका उड्डयन सुरक्षा निर्देशक विंग कमाण्डर जहाँगिर हुसेनले भने, ‘हरेक सम्भावित खतरालाई लगनशीलताका साथ सामना गरियो।’

 

तर, बम डिस्पोजल टोलीले बिहान ११ः३० बजेसम्म विमान र दुईवटा शंकास्पद झोलाको होसियारीपूर्वक खोजी गरे पनि असामान्य बस्तु केही पनि फेला पार्न सकेनन । र, अहिले दिउँसोबाट उडान सुरक्षित घोषणा गरियो र सामान्य सञ्चालनमा पुनः सुरु भएको छ ।

‘आजको अपरेसनले हाम्रो एयरपोर्ट सुरक्षा उपायहरूको बलियो देखाएको छ,’ अध्यक्ष मंजुर कबीर भुइयाले भने, ‘संभावित खतराको प्रत्येक रिपोर्टलाई अत्यन्त गम्भीरताका साथ व्यवहार गरिन्छ, र हाम्रा टोलीहरू सुरक्षा जोखिमहरूका लागि शून्य सहनशीलता कायम गर्न प्रतिबद्ध छन्।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।