यसरी भयो पाख्रीबास मेयरकपको उद्घाटन(फोटो फिचर)

धनकुटा,फागुन ४ । धनकुटाको पाख्रिबास नगरपालिकामा मेयर कप फुटबल आजबाट सुरु भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व मन्त्री तथा संघिय सांसद राजेन्द्र कुमार राईले पानसमा बत्ती बालेर खेलको औपचारिक रुपमा उद्घाटन गर्नु भएको थियो ।

आज उद्घाटन खेल समूह “क” बाट वडा नं ९ र ३ का बिच जारी छ भने भोलि खेलको दोस्रो दिन फागुन ५ गते समूह ‘ख’ अन्तर्गतका वडा नं ६ र १० का बिच बिहानको १० बजे र दोस्रो खेल समूह ‘क’ अन्तर्गतका वडा नं ५ र ८ का बिच दिनको १ बजे र तेस्रो खेल समूह ‘ख’ अन्तर्गतका वडा नं ४ र ७ का बिच दिनको ३ बजे खेल हुनेछ ।

प्रतियोगितामा नपाका १० वटै वडाको सहभागिता रहने छ । प्रतियोगिताको अन्तिम खेल उपाधिका लागि फागुन ७ गते हुनेछ ।

प्रतियोगितामा विजेता टीमलाई प्रथम पुरस्कार नगद रु. १,००,०००/-, ट्रफी, मेडल र प्रमाणपत्र र दोश्रो पुरस्कार नगद रु. ५०,०००/-, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

वडा नं ३ का वडा अध्यक्ष,नपाका प्रवक्ता तथा मेयर कप फुटबल ब्यवस्थापन एवं सहजिकरण समितीका संयोजक सरोज राईको अध्यक्षतामा सम्पन्न औपचारिक उद्घाटन कार्यक्रममा वडा नं ४ का वडा अघ्यक्ष सन्तोष मानन्धरले स्वागत मन्तब्य राखेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।