पाख्रीबास मेयर कपको उद्घाटन खेलमा वडा नं ९ बिजयी
धनकुटा,फागुन ४ । धनकुटाको पाख्रिबास नगरपालिकामा मेयर कप फुटबल आजबाट सुरु भएको छ ।
आजको उद्घाटन खेलमा वडा नं ३ लाई ०-२ गोल अन्तरले पराजित गर्दै वडा नं ९ अर्को चरणमा प्रबेश गरेको छ ।
खेलको पहिलो हाफमा दुबै टीमबाट गोल हुन नसके पनि दोस्रो हाफमा भने वडा नं ९ ले अग्रता लिंदै जित हासिल पारेको हो ।
भोलि खेलको दोस्रो दिन फागुन ५ गते समूह ‘ख’ अन्तर्गतका वडा नं ६ र १० का बिच बिहानको १० बजे र दोस्रो खेल समूह ‘क’ अन्तर्गतका वडा नं ५ र ८ का बिच दिनको १ बजे र तेस्रो खेल समूह ‘ख’ अन्तर्गतका वडा नं ४ र ७ का बिच दिनको ३ बजे खेल हुनेछ ।
प्रतियोगिता नपाको आयोजनामा आजदेखि फागुन ७ गते सम्म संचालन हुने भएको हो । प्रतियोगितामा नपाका १० वटै वडाको सहभागिता रहेको छ ।
प्रतियोगितामा विजेता टीमलाई प्रथम पुरस्कार नगद रु. १ लाख,ट्रफी, मेडल र प्रमाणपत्र र दोश्रो हुने टीमलाई पुरस्कार नगद रु. ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने वडा नं ३ का वडा अध्यक्ष,नपाका प्रवक्ता तथा मेयर कप फुटबल ब्यवस्थापन एवं सहजिकरण समितीका संयोजक सरोज राईले जानकारी दिनु भयो ।
मेयर कपको प्रमुख अतिथि पूर्व मन्त्री तथा संघिय सांसद राजेन्द्र कुमार राईले पानसमा बत्ती बालेर खेलको औपचारिक रुपमा उद्घाटन गर्नु भएको थियो ।


