लिम्बुहरुको सस्था चुम्लुङ युकेको ७ औं विधानसभा सम्पन्न

युके । गत १५ फेब्रुवरी २०२५ का दिन लिम्बुहरुको संस्था किरात याक्थुङ चुम्लुङ युकेको विधानसभा सम्पन्न भएको छ ।

गिलफोर्ड स्थित सेलफोर्ड भिलेज हलमा सयौको संख्यामा लिम्बुहरु उपस्थित भई चुम्लुङको विधानको बारेमा छलफल गरि पारित गरेका हुन । सभामा महिला (थामेन्दिङ्मा) र युवा (वेन्छा चुम्भो) लाई ब्यवस्थित गर्ने सवालमा केन्द्रीत थियो भने । लिम्बु जाति भित्र हाल चर्चामा रहेको विषयः लिम्बुहरु किरात हुन वा होईन? भन्ने विषयमा २३ जना सहभागीहरुले मन्तब्य राखेका थिए, ति मध्ये ५ जनाले किरात शब्द संस्थाको नामबाट हटाउनुपर्ने विचार ब्यक्त गरे, ३ जनाले तठष्थ विचार राखे भने १५ जनाले अहिले हटाउन नमिल्ने, नहुने तर्क ब्यक्त गरे ।

किरात शब्दको बारेमा आफ्नो विचार ब्यक्त गर्नेहरुमा दिल पालुङ्वा, जुरेन्द्र खजुम, राजेन लाबुङ, तेज बहादुर मेन्याङ्बो, पूर्ण मादेन, दिल सम्बाहाम्फे, हाङ्मा लावती, ज्ञानु फूरुम्बो, ज्ञान बहादुर लिम्बु, उत्तरमान तिगेला, लाहाङ चेम्जोङ, काजीमान याक्सो, मान तबेबुङ, शिब पालुङ्वा, राजेन्द्र खिम्दिङ, पूर्ण फालेछ्वा, टेक बहादुर माबो, लोकेन्द्र तबेबुङ, लालहाँङ थलङ, सुरेन्द्र थेवे, शिखर लिम्बु, जितेन्द्र चेम्जोङ र वीनरसिं चोङवाङ रहेका थिए ।

विधानसभामा चुम्लुङ युकेको प्रत्येक्ष निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने वा निर्वाचन नै नगरि सहमतिमा नेतृत्व चयन गर्नुपर्ने विचार पूर्ण फालेछ्वा, रिटायर्ड मेजर चितराज हुक्पा चोङवाङ, लाहाङ चेम्जोङ, टंक याङदेन, लिला सेलिङ माबो, विजय लिङथेपले राखे । अब्यवस्थितलाई ब्यवस्थित बनाउन चुनाव आवश्यक भएको खडग चोङवाङ र जुरेन्द्र खजुमले बताए । करिव आधा दर्जन ससाना प्राविधिक कुराहरुलाई शंसोधन गरिएको थियो ।

विधान शंसोधन समितिका संयोजक तिलविक्रम सम्बाहाम्फे, सदस्य सचिव छत्र बनेम र सोलिसिटर उत्तरमान तिगेलाले बुंदागत छलफल गराउदै बहूमत र सर्वसम्मतको आधारमा निर्णय गराएका थिए ।

कोषाध्यक्ष खगेन्द्र लावतीबाट हेल्थ एण्ड सेफ्टि पश्चात उपाध्यक्ष दिपेन्द्र याक्सोले स्वागत मन्तब्य, सचिव महेश वनेमले आचारसंहिता राखेका थिए । अध्यक्ष कमला लिम्बु र तिलविक्रम सम्बाहाम्फेले सयुक्त रुपमा दिप प्रज्वलन गरि सभाको उदघाटन गरेका थिए । कार्यक्रमलाई महासचिव विश्वास दीप तिगेलाले संचालन गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।