पाख्रिबास मेयर कप-२०८१ को उपाधि वडा नं २ लाई
धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिकामा सम्पन्न मेयरकप फुटबलको उपाधि वडा नं २ ले हात पारेको छ ।
आज सम्पन्न फाइनल खेलमा वडा न. २ ले वडा न. ६ लाई १-० गोल अन्तरले पराजित गर्दै मेयर कप-२०८१ फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको हो ।
खेलमा म्यान अफ द म्याच र उत्कृष्ट खेलाडी मनिलाल गान्छाकी मगर ,उत्कृष्ट डीफेन्डर चेत राज पौडेल ,उत्कृष्ट गोल किपर रबिन पुलामी मगर,उत्कृष्ट कोच निम मगर र सर्वाधिक गोलकर्ता निकेश भट्टराई घोषित भए ।
उपाधि संगै वडा २ ले नगद रु १ लाख सहित ट्रफी,मेडल,प्रमाणपत्र र दोस्रो हुन सफल वडा नं ६ ले नगद रु ५० हजार सहित ट्रफी,मेडल,प्रमाणपत्र हात पारेको छ ।
नपाको आयोजनामा गत फागुन ४ गते देखि सुरु भएको प्रतियोगितामा १० वटै वडाको सहभागिता रहेको थियो ।
प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्नु हुने सम्पूर्णलाई वडा नं ३ का वडा अध्यक्ष,नपाका प्रवक्ता तथा मेयर कप फुटबल ब्यवस्थापन एवं सहजिकरण समितीका संयोजक सरोज राईले धन्यवाद दिनु भयो ।


