बिबिसीलाई भारतमा साढे पाँच करोड जरिवाना

काठमाडौँ । भारतको प्रवर्तन निर्देशनालय (इडी) ले विदेशी प्रत्यक्ष लगानी (एफडीआई) नियमहरू उल्लङ्घन गरेको आरोपमा बीबीसी वर्ल्ड सर्भिस इन्डियालाई ३.४४ करोड भारु अर्थात साढे ५ करोड रुपैयाँ जरिवाना गरेको छ । ईडीले बीबीसीका तीन निर्देशकहरूलाई १.१४ करोड रुपैयाँभन्दा बढी जरिवाना पनि लगाएको छ । यो आदेश भारतीय विदेशी विनिमय व्यवस्थापन ऐन अन्तर्गत दिइएको इकोनोमिक्स टाइम्सले उल्लेख गरेको छ ।

रिपोर्ट अनुसार बीबीसी वर्ल्ड सर्भिस इन्डिया सात प्रतिशत एफडीआई कम्पनी हो । बीबीसी डिजिटल समाचार माध्यम हो,  तर कम्पनीले सत प्रतिशत एफडीआई कायम राखेको छ । जबकि २०१९ मा सरकारले जारी गरेको आदेश अन्तर्गत, डिजिटल मिडियामा एफडीआईको सीमा २६ प्रतिशतमा तोकिएको थियो, जसलाई कम्पनीले बेवास्ता गरेको थियो ।

ईडीले अगस्ट ४, २०२३ मा बीबीसी वर्ल्ड सर्भिस इन्डिया, यसका तीन निर्देशक र वित्त प्रमुखलाई कारण देखाउ सूचना जारी गरेको थियो ।

बीबीसी वर्ल्ड सर्भिस इन्डियालाई कुल ३ करोड ४४ लाख ४८ हजार ८५० रुपैयाँ जरिवाना गरिएको छ । यसबाहेक, कम्पनीले नियमहरूको पालना नगरेसम्म, फेमा १९९९ को प्रावधानहरूको उल्लङ्घन गरेकोमा अक्टोबर १५, २०२१ पछि प्रत्येक दिनको लागि पाँच हजार जरिवाना पनि लगाइएको छ ।

फेब्रुअरी २०२३ मा, आयकर विभागले बीबीसीको मुम्बई र दिल्ली कार्यालयहरूमा छापा मारेको थियो । बीबीसीमाथि अन्तर्राष्ट्रिय कर छलीको आरोप लागेको थियो । 

आयकर बिभागले दिल्लीको केजी मार्ग क्षेत्रमा रहेको एचटी टावरको पाँचौं र छैटौं तलामा रहेको बीबीसीको कार्यालय र मुम्बईको सान्ताक्रुज क्षेत्रमा रहेको बीबीसी स्टुडियोमा पनि छापा मारेको थियो । 

ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेशन (बीबीसी) वर्ल्ड सर्भिस टेलिभिजन बेलायती सरकारी निकाय हो । यसले ४० भाषाहरूमा समाचार प्रसारण गर्दछ । ब्रिटिश संसदले अनुदान मार्फत यसको लागि कोष जुटाउँछ । यो विदेश तथा राष्ट्रमण्डल कार्यालय मार्फत व्यवस्थित गरिन्छ । यो डिजिटल, संस्कृति, मिडिया र खेलकुद विभाग अन्तर्गत काम गर्दछ । बीबीसी सन् १९२७ मा शाही चार्टर अन्तर्गत सुरु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖