धनकुटामा धमाका होली फेस्टिवल २०८१ सम्पन्न(फोटो फिचर)
महिमा तामाङ/धनकुटा । धनकुटामा पनि विविध कार्यक्रमको आयोजना गरि होली पर्व मनाइएको छ ।
यसै क्रममा जिल्लाको धनकुटा नगरपालिका ६ को बीच बजारमा आयोजित होली उत्सव भव्य रुपमा सम्पन्न भएको छ।
सांगीतिक माहोलमा सम्पन्न होली उत्सवमा मल्टि प्लग ब्यान्ड, स्काई एडी, निरुता राई, कल्चरल एण्ड द ब्याण्ड लगायत स्थानीय कलाकारहरुले दमदार प्रस्तुती दिएका थिए।
कार्यक्रमको आयोजना बौद्धिक विकास समाज समितिले गरेको थियो भने धनकुटा नोइज आर्केड डिएन्एले विशेष सहयोग गरेको थियो । कार्यक्रमलाई सफल बनाउन टुबोर्ग, हिमाल साउन्ड सिस्टम तथा वडा नम्बर ६ कार्यालयको विशेष सहयोग रहेको थियो ।





