सहिदभूमिमा जीवन विकास लघुबित्त बित्तिय सस्थाको आयोजनामा केन्द्र प्रमुख गोष्ठी तथा साक्षरता कार्यक्रम सम्पन्न
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकामा जीवन विकास लघुबित्त बित्तिय सस्थाको आयोजनामा केन्द्र प्रमुख गोष्ठी तथा साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।
जीवन बिकास लघुबित्त बित्तिय सस्था सहिदभूमि आखिसल्ला शाखाले ८५ वटा केन्द्रका सहभागीलाई बित्तिय शिक्षा दिइएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि सहिदभूमि गाउँपालिकाकाे अध्यक्ष मनाेज राईले बाेल्नु हुदै गरिबी , आर्थिक पछाैटेपन हटाउन आर्थिक रुपान्तरण महत्त्वपूर्ण भएको बताउनुभयो । साथै उहाले लघुबित्तवाट लिएको रकम सहि सदुपयोग गर्न सकियो भने ऋण तिर्न समस्या नहुने भन्नुभयो , सानातिना आर्थिक उपार्जन क्षेत्रमा लगानी गरेर असल अभ्यास गर्ने बानि बसाउन सहभागी महिला दिदिबहिनीलाई उहाँले सल्लाह सुझाव दिनु भयो ।
बिशिष्ठ अतिथी जीवन बिकास लघुबित्त बित्तिय सस्थाका जाेखिम व्यवस्थापन विभाग प्रमुख शिव कुमार रामले कार्यक्रममा संस्थाकाे अवस्था , संस्थाले सञ्चालन गरिरहेकाे विभिन्न सामाजिक काम तथा संस्था स्थापना भएको २७ वर्ष पूरा हुँदै गर्दा संस्थाले हासिल गरेको उपलब्धि , याेजना कार्यक्रमकाे बारेमा जानकारी दिनु भएको थियोे । त्यस्तै गरि उहाले संस्थाकाे ऋण लगानी प्रक्रिया ,कर्जा लिदा ध्यानदिनु पर्ने कुरा ,डिजिटल बैंकक सेवा ,केन्द्र बैठ प्रक्रियाको विषयमा सहजीकरण गर्नु भएको थियोे ।
कार्यक्रमका अध्यक्ष लघुबित्त बिभाग प्रमख मनोज कुमार साहले संस्थाले अस्पताल सञ्चालन गर्न लागेको जानकारी गराउदै संस्था सदस्यलाई सर्व शुलभ ढंगले उपचार तथा सेवा दिने उद्देश्यले अस्पताल सञ्चालन गर्न लागेकाे बताउनुभयो । त्यस्तै उहाले ऋण लिएपछि ईमानदारी पुर्वक तिर्नु पर्ने भन्दै हल्लाकाे पछि लागेर ऋण मिनाह गर्छ भन्ने भ्रममा नपर्न समेत आग्रह गर्नु भयो ।
केन्द्रका अति विपन्न सदस्य अभिभावक नभएका ६ जना बालवालिकाकाे एक बर्ष सम्म निसुल्क शिक्षा तथा आवाश्यक शैक्षिक सामाग्री समेत बितरण गरीएको छ। साेहि अवसरमा उत्कृष्ट बचत कर्ता , उत्कृष्ट एटीएम सदस्य ,उत्कृष्ट ऋणि ,उत्कृष्ट उद्यमी सदस्य गरि जम्मा १० जनालाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेर सम्मान गरेको थियोे ।
त्यस्तै गरि उत्कृष्ट कार्य सम्पादन गर्ने ५ वटा केन्द्रलाई पुरस्कृत गरिएको छ । कार्यक्रम मा सहिदभूमि गाउँपालिका वडा नं १ का कार्यवाहक वडा अध्यक्ष देवल राई , ठाकुर देवि माध्यमिक विद्यालयका प्रधानाध्यापक कमल भण्डारी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियोे । अहिले संस्थाकाे सहिदभूमि आखिसल्ला शाखामा १ हजार ९ सय २१ सदस्य संख्या रहेको छ ।







