एनईएसी क्लबद्वारा भलिबल खेलाडीको सम्मानसहित विदाई

विराटनगर । व्यावसायिक खेलबाट सन्यास लिएको अष्ट्रियाको तिरोलस्थित हिप्पो तिरोल भलिबल क्लबमा आबद्ध खेलाडीहरुलाई नेपाली युरोपियन स्पोर्ट क्लब अष्ट्रिया (एनईएससी)ले सम्मानसहित विदाई गरेको छ ।

अष्ट्रियाको पर्यटकीय सहर इन्स्ब्रुकस्थित सेन्सी डिलाइट्स रेष्टुरेन्ट कौफहाउस तिरोलमा आयोजित कार्यक्रममा क्लबले खेलाडीहरुलाई सम्मानसहित विदाई गरेको हो । केही समयअघिबाट सञ्चालनमा आएको इन्स्ब्रुककै आकर्षक रेष्टुरेन्टमा क्लबले विशेष कार्यक्रम गरेर विदाई गरेको थियो । कार्यक्रममा नेपाली युरोपियन स्पोर्ट क्लब अष्ट्रिया (एनईएससी)का अध्यक्ष दिलकुमार घमाल, पर्यटन व्यवसायी तथा समाजसेवी सोमत घमाललगायतले खादा लगाएर विदाई गरेका थिए ।

हिप्पो तिरोल भलिबल क्लबले आफ्नो इतिहासमा १३ औं च्याम्पियनसिप उपाधि जितेको थियो ।

हिप्पो अष्ट्रियाकै उत्कृष्ट भलिबल क्लबका रुपमा परिचित रहेको छ । आर्थिकमन्दीलगायत विविध कारणले हिप्पो भलिबल क्लबले व्यावसायिक जीवनबाट सन्यास लिनु निकै दुखद भएको नेपाली युरोपियन स्पोर्ट क्लबका अध्यक्ष घमालले बताए । अष्ट्रियामा मात्रै होइन युरोपमै चर्चित क्लबलाई आफूले सञ्चालन गरेको रेष्टुरेन्टमा आमन्त्रण गरेर सम्मानसहित विदाई गर्न पाउनु निकै राम्रो अवसर पनि भएको अध्यक्ष घमालको प्रतिक्रिया थियो ।

अध्यक्ष घमालले युरोपियन स्पोर्ट क्लबका तर्फबाट हिप्पो क्लबका खेलाडीहरुको आगामी जीवन थप सफल होस् भन्ने शुभकामनासमेत दिए । सन् २०२० मा स्थापित नेपाली युरोपियन स्पोर्ट क्लब अष्ट्रिया (एनईएससी)ले बेला–बेला भलिबल प्रतियोगिता गर्नुका साथै विभिन्न देशमा आयोजना हुने प्रतियोगितामा समेत सहभागिता जनाउँदै आएको छ । हिप्पो क्लबका खेलाडीहरुले रेष्टुरेन्टको अवलोकनसमेत गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।