साँगुरीगढीमा वैशाख पूर्णिमा तथा गणतन्त्र दिवसको अवसर पारेर प्रथम सृजनशील कप २०८२ खुला पुरुष फुटबल प्रतियोगिता हुने

हिराराज राई,धनकुटा । साँगुरीगढी गाउँपालिका–८ तातोपानी स्थित सृजनशील युवा क्लवको आयोजनामा, वैशाख पूर्णिमा तथा गणतन्त्र दिवसको अवसर पारेर प्रथम सृजनशील कप २०८२ खुला पुरुष फुटबल प्रतियोगिता सृजनशील खेलमैदानमा हुने भएको छ।

“युवा एकता हाम्रो जोड, लागुऔषध दुर्व्यसन र नारी हिंसा छोड” भन्ने नाराका साथ प्रथम सृजनशील कप २०८२ खुला पुरुष फुटबल प्रतियोगिता यही जेष्ठ १५ देखि २० गतेसम्म सञ्चालन हुने र सम्पुर्ण खेलको लाइभ मेरो गन्तव्य फेस्बुक पेजले गर्ने क्लवले जानकारी दिएको छ।

खेलप्रेमीहरूलाई आकर्षित गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगितामा विजेता टिमले रु. ५०,०८२ नगद, ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेता टिमले रु. ३०,०८२ नगद, ट्रफी र मेडल हात पार्नेछ। सहभागी टिमहरूका लागि इन्ट्री शुल्क रु. ४०८२ तोकिएको छ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई थप प्रेरणा दिने उद्देश्यले विधागत पुरस्कारहरू समेत राखिएको छ। उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, फरवार्ड, डिफेन्डर, उदयमान खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीलाई विशेष सम्मान प्रदान गरिनेछ।

टिम दर्ता गर्ने अन्तिम म्याद जेष्ठ ९ गतेसम्म रहेको छ भने टाइसिट प्रकाशन जेष्ठ १० गते हुने र खेल जेष्ठ १५ गतेदेखि सुरु हुने भएको छ।
क्लवका अध्यक्ष टिकाराम राई, उपाध्यक्ष प्रविन राई, सचिव होम खनाल, सदस्य विवेक राई, तथा प्रवक्ता पुष्पराज राईसँग सम्पर्क गरी प्रतियोगिता सम्बन्धी थप जानकारी लिन सकिनेछ।

सृजनशील युवा क्लवले सम्पूर्ण खेलप्रेमी, स्थानीय बासिन्दा, पत्रकार तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई प्रतियोगितालाई सफल बनाउन अनुरोध गरेको छ। प्रतियोगिता अवधिभर कुनै विवाद उत्पन्न भएमा आयोजक तथा रेफ्रीको निर्णय अन्तिम मानिने क्लवले स्पष्ट पारेको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।