पाख्रीबासमा जीवन विकास लघुवित्त वित्तीय संस्थाको केन्द्र प्रमुख गोष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनकुटा । जीवन विकास लघुवित्त वित्तीय संस्था पाख्रीवासले आज केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेकाे छ ।

पाख्रीवास नगरपालिकाका मेयर ज्ञान बहादुर गुरुङकाे प्रमुख आतिथ्य तथा संस्थाका केन्द्रीय कार्यलय मानव संशाधन विकास विभागका विभागिय प्रमुख सुदीप कुमार मण्डलकाे अध्यक्षतामा सञ्चालित कार्यक्रममा संस्थाकाे तर्फबाट अति विपन्न परिवारका ५ जना विद्यार्थी वालवालिकाहरुलाई शैक्षिक सामाग्रि वितरण गरिएकाे छ । ती वालवालिकाहरुलाई वर्ष भरि संस्थाले आवश्यक शैक्षिक सामाग्री प्रदान गर्ने कार्यक्रममा जानकारी दिईएकाे छ ।

कार्यक्रमकै अवसरमा संस्था मार्फत सेवा लिईरहेका ५ वटा केन्द्र, ३ जना उत्कृष्ट वचत कर्ता,३ जना ऋणी,३ जना उत्कृष्ट उद्यमी र १ जना एटिएम सदस्यलाई सम्मान तथा पुरस्कृत गरेकाे छ । पुरस्कृत हुने केन्द्रहरुमा केन्द्र नं (१३४) प्रथम, केन्द्र नं (१६१) द्वितीय,केन्द्र नं (६६) तृतीय र केन्द्र नं (२९) र (१९)शान्त्वना भएका छन् । उनिहरु मध्ये प्रथम,द्वितीय र तृतीयलाई भट्ठी चुलाे र शान्त्वनालाई त्रिपाल पुरस्कार प्रदान गरिएकाे छ । त्यस्तै पुरस्कृत हुने वचतकर्ताहरुमा निरमाया गुरुङ केन्द्र नं (९५) पहिलाे, कमला विश्वकर्मा केन्द्र नं (१४५) दाेश्राे, चन्द्रमाया राना मगर केन्द्र नं (३८) तेश्राे भएका छन् ।

त्यस्तै ३ जना ऋणी मध्ये भिममाया लिम्बू केन्द्र नं (५२) प्रथम, गमला लामिछाने गहतराज केन्द्र नं (१४५) दाेश्राे र भुमिका गान्छाकी केन्द्र नं (१५९)तेश्राे भएका छन् ।

उत्कृष्ट उद्यमी तर्फ सुजता तामाङ केन्द्र नं (३३) पहिलाे, भगवती स्याङबाे केन्द्र नं (६६) दाेश्राे र लिलामाया परियार केन्द्र नं (२४) तेश्राे भएका छन् । उनिहरुलाई राईस कुकर पुरस्कार प्रदान गरिएकाे शाखा कार्यलयले जनाएकाे छ । कार्यक्रममा संस्थाका पाख्रीवास शाखा प्रमुख चिरञ्जीवी यादवले हाल शाखाले गरिरहेका गतिविधिहरुकाे वारेमा जानकारी गराउनु भएकाे थियाे ।

संस्थाका काेशी प्रदेश प्रमुख सावित्री देवी श्रेष्ठले संस्था तथा कार्यक्रमकाे उद्देश्यवारे जानकारी गराउनु भएकाे थियाे । सञ्चालन पप्पु कुमार शाहले गर्नुभएकाे थियाे ।कार्यक्रमकाे उद्घाटन नगर प्रमुख गुरुङले गर्नु भएकाे थियाे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖