रुपेश जैसवालले उचाले कोप चेसको उपाधि

ललितपुर । राष्ट्रिय सहकारी महासंघको आयोजनामा सञ्चालन भएको दोश्रो खुल्ला कोप रापिड रेटिङ चेस  प्रतियोगिताको उपाधि नेपाल च्याम्पियन एफएम रूपेश जैसवालले जितेका छन्। 
          
प्रभु महालक्ष्मी जीवन बिमाको मुख्य प्रायोजन रहेको प्रतिस्पर्धामा रुपेशले नौ चरणको खेलमा ८ अंक प्रोग्रेसिभ ५२ प्वाइन्टका आधारमा विजेता बन्न सफल भएका छन्। 
          
यससँगै रुपेशले नगद १० लाख बराबरको आवधिक जीवन बिमा तथा नगद रु.४० हजार, ट्रफि, गोल्ड मेडल र प्रमाणपत्र हात पारेका छन्। 
          
नेपाल बुद्धिचाल महासंघको प्राविधिक सहयोगमा दुई दिन सम्पन्न स्पर्धामा समान ८ अंक जोडेका एफएम क्षितिज भण्डारी ५१ प्रोग्रेसिभ प्वाइन्ट प्राप्त गर्दै दोश्रो स्थानमा रहन सफल भएका छन्। 
          
एफएम क्षितिजले ७ लाख बराबरको आवधिक बिमा सहित नगद पुरस्कार रु. २५ हजार, शिल्भर मेडल तथा प्रमाणपत्र हात पारेका छन्।
           
यस्तै अन्य आठ जना खेलाडीले समान ७ अंक जोडेर शीर्ष दशौं स्थान ओगटेका छन्। जसमा सिएम पुरुषोत्तम सिलवालले ५४.५ प्रोग्रेसिभ प्वाइन्ट जोडेर तेश्रो स्थान प्राप्त गरेका छन्। 

         सिएम पुरुषोत्तम सिलवालले ५ लाख बराबरको जीवन बिमा र नगद पुरस्कार रु. १५ हजार ब्रञ्ज मेडल, प्रमाणपत्र प्राप्त गरेका छन्।

        प्रतियोगितामा प्रकाशचन्द्र नेपाल, आशिष् फूँयाल, भारतका आशुतोष कुमार यादव, हर्कबहादुर चोङ्वनङ, धिरेन राई, अशोक मोहन श्रेष्ठ र शैलेन्द्र न्यौपाने क्रमशः चौथो देखि दशौं स्थानमा रहँदै नगद पुरस्कार प्राप्त गरेका छन्। 

        यसैगरी महिला विधा तर्फ ५.५ अंकमा शान्ति धिमालले उत्कृष्ट बन्दै प्रथम पुरस्कार नगद रु. ७ हजार प्राप्त गरेकी छिन्। यस्तै ५ अंक जोडेकी बिनिता कपालीले दोश्रो बन्दै नगद रु. ६ हजार र सिन्दिरा जोशीले तृतीय हुँदै नगद रु. ५ हजार प्राप्त गरेकी छिन्। 
        
क्रमशः उत्कृष्ट नव प्रवेश खेलाडी स्पर्श अर्याल, सिनियर खेलाडी बद्रीलाल नेपाली, १८ सय रेटिङ मुनि सुरज सिंह, १६ सय मुनि उज्वल दहाल, युवा १६ वर्ष सुभनदीप थापा, युवा १४ हार्दिक पन्त, उत्कृष्ट बिमा गोविन्द नेपाल र उत्कृष्ट सहकारी रामशरण तिमल्सिनाले नगद पुरस्कार जिते।

            कार्यक्रममा भेट्रान चेस खेलाडी सिताराम अग्रवाल, फोटोग्राफर देवु राजवंशी, ग्राफिक डिजाइनर विश्वराज सापकोटा, गुल्मीजी र हरिश्यामलाई सम्मान प्रदान गरिएको छ। 

        यसैबीच विजेता खेलाडीलाई नेपाल सरकारका भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले पुरस्कार वितरण गरेका छन्। 

        समापन समारोहमा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष श्रीमती ओमदेवी मल्ल, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई, नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन, महाप्रबन्धक सुरेश थापाको उपस्थिति रहेको थियो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।