विराटनगरमा कोशी प्रदेशस्तरीय तेस्रो मिल्स भेट्रान्स गोल्डकप सुरु

विराटनगर । विराटनगरमा कोशी प्रदेशस्तरीय तेस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ ।

मिल्स भेट्रान्स क्लब रानी विराटनगरको आयोजनामा विराटनगर जुट मिल खेल मैदानमा प्रतियोगिता सुरु भएको हो ।

उद्घाटन दिनका खेलहरूमा हाम्रो भेट्रान्स क्लब धरान र कन्काई भेट्रान्स क्लब झापा विजयी भएका छन् । पहिलो खेलमा धरानले युनाइटेड भेट्रान्स क्लबलाई टाइब्रेकरमा ४–२ गोलले हरायो । निर्धारित समयसम्म गोलरहित बराबरी भएपछि जितको छिनोफानो टाइब्रेकरबाट गरिएको थियो ।

सोही दिन भएको दोस्रो खेलमा कन्काई भेट्रान्सले मर्निङ भेट्रान्सलाई २–० गोलले पराजित ग¥यो । जितका लागि कन्काई भेट्रान्सका दिपक गिरीले दुवै गोल गरे ।

प्रतियोगिताको आइतबार दुई खेल हुनेछन् । पहिलो खेल सुन्दरहरैंचाको विराट भेट्रान्स र धरान पूर्वेली भेट्रान्सबीच हुनेछ भने सोही दिन हुने दोस्रो खेलमा भरौल भेट्रान्स र उर्लाबारी भेट्रान्स भिड्नेछन् ।

प्रतियोगितामा कोशी प्रदेशभरिका १२ वटा भेट्रान्स फुटबल टिमहरूको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेता टोलीले नगद ७५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ३५ हजार रुपैयाँ पुरस्कारस्वरूप पाउनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।