सिराहालाई हराउँदै युनाईटेड झापा सेमी फाईनलमा

देव याखा/(चौबिसे)धनकुटा । सिराहाको सलहेस युथ क्लबलाई ट्राईब्रेकरमा हराउँदै बिर्तामोड युनाईटेड क्लव झापा १२ औं रारा गोल्डकप फटबल प्रतियोगिताको सेमी फाईनलमा प्रबेश गरेको छ ।

धनकुटाको चौबिसे गाउँपालिका स्थित राजारानीको पुण्य उच्च मा.बि.को खेल मैदानमा बुधबार भएको तेस्रो क्वाटर फाईनल खेलमा सिराहालाई १ का बिरुद्ध २ गोलले हराउँदै झापा बिजयी भएको हो ।


निर्धारित समयमा दुबै तर्फबाट कुनै गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउट(ट्राईबेकर) मा गएको थियो ।

ट्राईबेकरको प्रारम्भिक दुबै तर्फको ३÷३ गोल दबै तर्फका गोल रक्षकले रोकेका थिए । त्यसपछि चौथो गोल दुबै तर्फका खेलाडीहरुले १÷१ गोल गरेका थिए । ट्राईबेकरको अन्तिम तथा पाँचौ गोल झापाले गरेर पनि सिराहाले प्रहार गोल हुननसके पछि झापा बिजयी भएको हो ।

जीतका लागि झापाका खेलाडीहरु आषिश चापागाईं र बिक्रम तामाङले गोल गर्नुभएको थियो । सिराहाका तर्फबाट एक मात्र गोल आदित्य शाक्यले गर्नुभयो ।

खेल अवधिको म्यान आफ दि म्याच बिजेता टोलीका गोल रक्षक अभिषेक बराल हुनभयो । उहाँलाई खेलका प्रमुख अतिथी तथा पूर्व शान्ति मन्त्री रकम चेम्जोङले नगद ७ हजार ५ सय सहित ट्रफी प्रदान गर्नुभएको थियो ।

भोली हुने अन्तिम क्वाटर फाईनल खेल चर्च ब्याईज युनियन काठमाण्डौ र बाग्मती युथ क्लब सर्लाही बीच हुने आयोजक संस्था राजारानी फुटबल क्लव (रारा) का अध्यक्ष मणी चेम्जोङले जानकारी दिनुभयो ।

जेठ ४ गते सम्म हुने प्रतियोगितामा ८ वटा फुटबल टोलीको सहभागिता रहेको छ । बिजेता टोलीले नगद ७ लाख र उपबिजेताले नगद ३ लाख,रनिङ शिल्ड,प्रमाणपत्र र मेडल पाउनेछन् ।

चौबिसे गाउँपालिकाको संरक्षणमा भईरहेको यो प्रतियोगिता जिल्लाकै सबैभन्दा ठूलो धनराशी पुरस्कार भएको फुटबल प्रतियोगिता हो । (प्रशिक्षार्थी पत्रकार)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖