रारा गोल्डकप : सर्लाहीलाई हराउँदै ललितपुर सेमीफाईनलमा
देव याखा/जेठ २,(चौबिसे)धनकुटा । सर्लाहीको बागमती युथ क्लबलाई ट्राईब्रेकरमा हराउँदै चर्च ब्वाइज यूनाइटेड ललितपुर १२ औं रारा गोल्डकप फुट प्रतियोगिताको सेमी फाईनलमा प्रबेश गरेको छ ।
धनकुटाको चौबिसे गाउँपालिका स्थित राजारानीको पुण्य उच्च मा.बि.को खेल मैदानमा बुधबार भएको अन्तिम फाईनल खेलमा सर्लाहिलाई १–३ गोलले हराउँदै ललितपुर बिजयी भएको हो ।

निर्धारित समयमा दुबै तर्फबाट कुनै गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउट(ट्राईबेकर) मा गएको थियो ।
जीतका लागि ललितपुरका खेलाडीहरु अमन लामा,चन्दन दास र आकाश राईले गोल गर्नुभएको थियो । सर्लाहीका तर्फबाट एक गोल आयूस राना मगरले गर्नुभएको थियो ।
खेल अवधिको म्यान आफ दि म्याच बिजेता टोलीका गोल रक्षक बिवश चौधरी हुनभयो । उहाँलाइ खेलको प्रयोजक तथा प्रमुख अतिथी गोरखा बु्रअरीका म्यानेजर प्रभात राजबंशीले नगद ७ हजार ५ सय सहित ट्रफी प्रदान गर्नुभएको थियो ।
आज भोलीहुने पहिलो सेमी फाईनल खेल चर्च गोल्डेन स्टार युथ क्लव सुनसरी र बिर्तामोड युनाईटेड फटबल क्लव झापा बीच हुने आयोजक संस्था राजारानी फुटबल क्लव (रारा) का सचिव जीवन कटुवालले जानकारी दिनुभयो ।
जेठ ४ गते सम्म हुने प्रतियोगितामा ८ वटा फुटबल टोलीको सहभागिता रहेको छ । बिजेता टोलीले नगद ७ लाख र उपबिजेताले नगद ३ लाख,रनिङ शिल्ड,प्रमाणपत्र र मेडल पाउनेछन् ।
चौबिसे गाउँपालिकाको संरक्षणमा भईरहेको यो प्रतियोगिता जिल्लाकै सबैभन्दा ठूलो धनराशी पुरस्कार भएको फुटबल प्रतियोगिता हो । (प्रशिक्षार्थी पत्रकार)


