यी हुन सबैभन्दा १० लामा छक्का प्रहार गर्ने खेलाडी, पाकिस्तानीकाे १५३ मिटरकाे पहिलाे रेकर्ड

काठमाडौं, २ जेठ । क्रिकेटको संसारमा चौका र छक्काको कुरा गर्ने हो भने आजको तिब्र गतिको क्रिकेटको युगमा यो अलि अनौठो लाग्छ तर यो समाचारमा हामी तपाईहरुको लागि सम्पूर्ण क्रिकेट इतिहासमा सबैभन्दा लामो १० छक्काको बारेमा कुरा गर्नेछौं । र, यो समाचार पढे पछि थाहा पाउनेछौं कि ती खेलाडीहरू को हुन् ? जसले यो लामो दुरीको छक्का हानेर विशेष उपलब्धि हासिल गरेका छन्।

 

क्रिकेटमा छक्का प्रहार जति रोमाञ्चक हुन्छ, दर्शकका लागि यो निकै यादगार पनि हुन्छ । केही ब्याट्सम्यानले यस्ता छक्का प्रहार गरेका छन्, जुन वर्षौंदेखि क्रिकेट इतिहासमा रेकर्ड भएर बसेको छ । क्रिकेट इतिहासमा सबैभन्दा लामो दश छक्काका बारेमा जानौं ।

१. शाहिद अफ्रिदी (पाकिस्तान) – १५३ मिटर
क्रिकेट इतिहासमा सबैभन्दा लामो छक्का शाहिद अफ्रिदीको नाममा छ। सन् २०१३ मा दक्षिण अफ्रिकाविरुद्ध उनले रायन म्याक्लारेनको बललाई १५३ मिटर टाढा पठाएका थएि । अघिल्लो बल नो बल हुँदा फ्री हिटमा प्रहार गरिएको थियो।

 

२. ब्रेट ली (अष्ट्रेलिया) – १४३ मिटर
आफ्नो बलिङका लागि चर्चित ब्रेट लीले वेस्ट इन्डिज विरुद्धको गाब्बामा भएको खेलमा ड्यारेन पावेलको बलमा १४३ मिटर लामो छक्का प्रहार गरेर दोस्रो किर्तिमान बनाएका छन । 

 

३. मार्टिन गुप्टिल (न्यूजिल्याण्ड) – १२७ मिटर
दक्षिण अफ्रिका विरुद्धको टी– २० खेलमा वेस्टप्याक स्टेडियमको छतमा गुप्टिलले लोन्वाबो सोत्सोबेको बल १२७ मिटर मिड विकेटतर्फ प्रहार गरेर नयाँ किर्तिमान बनाएका थिए।

 

४. लियाम लिभिङस्टोन (इंग्ल्याण्ड) ( १२२) मिटर
सन २०२१ मा पाकिस्तान विरुद्धको टि २० खेलमा लिभिङस्टोनले हरिस रउफको बललाई १२२ मिटर लामो छक्का प्रहार गरे, जसलाई एक इंग्लिस ब्याट्सम्यानको सबैभन्दा लामो छक्का मानिएको छ ।

 

५. कोरी एन्डरसन (न्युजिल्यान्ड) – १२२ मिटर
सन् २०१४ मा भारतविरुद्धको खेलमा कोरी एन्डरसनले मोहम्मद सामीलाई १२२ मिटर लामो छक्का प्रहार गरेका थिए । उनले यस खेलमा ४० बलमा ६८ रन बनाएका थिए ।

 

६. मार्क वा (अष्ट्रेलिया)– १२० मिटर
अष्ट्रेलियाका ब्याट्सम्यान मार्क वाले वाका मैदानमा न्युजिल्यान्डविरुद्धको खेलमा ड्यानियल भेटोरीको बलमा १२० मिटर टाढाको उत्कृष्ट छक्का प्रहार गरेका थिए ।

 

७. युवराज सिंह (भारत) – ११९ मिटर
सन् २००७ को टी–२० विश्वकपमा इङ्ल्यान्डविरुद्ध ६ छक्का प्रहार गर्ने युवराज सिंहले अस्ट्रेलियाविरुद्धको सेमिफाइनलमा ब्रेट लीको बललाई ११९ मिटर टाढा पठाएका थिए ।

 

८. एमएस धोनी (भारत) – ११८ मिटर
पूर्व भारतीय कप्तान एमएस धोनीको नाममा धेरै अविस्मरणीय छक्का छन् तर सन् २००९ मा अकल्याण्डमा न्युजिल्यान्डविरुद्ध प्रहार गरेको ११८ मिटर लामो छक्का सबैभन्दा ठूलो थियो।

 

९. क्रिस गेल (वेस्ट इन्डिज) – ११६ मिटर
टि २० क्रिकेटका राजा क्रिस गेलले पनि २०१० को टि २० विश्वकपमा आफ्नो बाहुबली रुप देखाएका थिए। उनले केन्सिङ्टन ओभलमा भारतविरुद्ध युसुफ पठानको बल ११६ मिटर टाढा पठाएका थिए ।

 

१०. अजाज अहमद (पाकिस्तान) – ११५ मिटर
सन् १९८६ देखि २००१ सम्म पाकिस्तानका लागि खेलेका इजाज अहमदले आफ्नो प्राविधिक ब्याटिङका ​​साथै बिग हिटिङका ​​लागि पनि नाम कमाएका छन् । सन् १९९९ मा भारतविरुद्धको खेलमा उनले वीरेन्द्र सहवागको बललाई ११५ मिटर टाढाको छक्का प्रहार गरेका थिए, जसको आज पनि चर्चा हुने गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।