नेपाली महिला क्रिकेट सुपर-३ मा प्रवेश

काठमाडौं, २ जेठ । नेपाल आइसिसी महिला ट्वान्टी-२० विश्वकप एसिया छनोटको सुपर–३ मा प्रवेश गरेको छ ।

 

हङकङ र बहराइनबीचको खेल वर्षाका कारण रद्द भएपछि नेपाल सुपर–३ मा प्रवेश गरेको हाे ।

समूह ‘सी’ मा हङकङसँग समान पाँच अंक भए पनि नेपाल बढी जित निकालेका आधारमा अघि बढेको हो । आइसिसीको नियम अनुसार अनुसार डबल राउन्ड रोबिन लिग पछि शीर्ष दुई टोली टोलीबीच अंक बराबर भए सर्वाधिक जितका आधारमा टोली अगाडि रहने प्रावधान थियो ।

 

नेपालको चार खेलमा दुई जित, एक हार र एक नतिजाविहीन भएकाे थियाे । हङकङको समान खेलमा एक जित र तीन नतिजाविहीन भएकाे थियाे । 

 

शुक्रबार विजयी भएको अवस्थामा हङकङ नै ६ अंकसहित समूह विजेता बनेर अघि बढ्ने थियो । तर वर्षा बाधक बन्दा हङकङ बाहिरियो । प्रतियोगितामा तीन समूहका शीर्ष टोली सुपर–३ मा पुगेका हुन् । 

 

नेपालले सुपर–३ मा बलिया टोली युएई र थाइल्यान्डको सामना गर्नेछ । सुपर–३ मा एकअर्कासँग खेलेपश्चात शीर्ष दुई टोली ग्लोबल छनोटमा पुग्ने छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖