गुजरातले दिल्लीलाई १० विकेटले हरायो, प्लेअफमा सुरक्षित

नयाँ दिल्ली, ५ जेठ ।  गुजरात टाइटन्सले दिल्ली क्यापिटल्समाथि शानदार जित हासिल गरेको छ ।

 

आइतवार राती सम्पन्न खेलमा गुजरातले दिल्लीलाई १० विकेटले सानदार रूपमा पराजित गरेको हो ।

दिल्लीले दिएको २०० रनको लक्ष्य पछाएको गुजरातले १९ ओभरमा कुनै विकेट नगुमाएर सो लक्ष्य पुरा गरेको थियो । गुजरातका लागि साई सुदर्सनले अविजित १०८ रन बनाएका थिए थिए भने कप्तान शुभमन गिलले अविजित ९३ रन बनाएका थिए । 

यसअघि टस हारेर पहिला पहिला ब्याटिंग गरेको दिल्लीले केएल राहुलको ११२ रनको शतकीय पारीको मद्दतले २० ओभरमा ३ विकेट गुमाउदै १९९ रन बनाउन सफल भएको थियो ।

यो जितपछि गुजरात टाइटन्स जारी आइपिएलको प्लेअफमासमेत पुगेको छ । गुजरातको १२ खेलमा १८ अंक भएको छ र अंक तालिकामा शिर्ष स्थानमा रहेको छ । 

त्यस्तै गुजरातसँगै दोस्रो स्थानमा रहेको रोयल च्यालेन्जर्स बैंगलुरु र पञ्जाव किंग्स पनि प्लेअफमा पुगेका छन् । अब प्लेअफको एक स्थानका लागि मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्सबीच प्रतिष्पर्धा हुन बाँकी रहेको छ ।

दिल्ली क्यापिटल्स यो हारपछि १२ खेलमा १३ अंकसहित पाँचौं स्थानमा रहेको छ र प्लेअफको सम्भावना अझै कायम रहेको छ, उसले मुम्बईलाई हराउन सकेमा प्ले अफमा पुग्न सक्नेछ ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖