ग्लोबल क्वालिफायरमा महिला क्रिकेट प्रवेश गरे पछि प्रधानमन्त्रीले भने, बधाई छ’

काठमाडौं, ५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले महिला टी–२० विश्वकपको एसिया छनोटमा पहिलो पटक ग्लोबल छनोटमा प्रवेश गरेकोमा नेपाली महिला खेलाडीलाई बधाई दिएका छन ।

नेपाली महिला टोलीको यो उपलब्धि महिला क्रिकेटमा नेपाललाई ऐतिहासिक उपलब्धि भएको ओलीले उल्लेख गरेका छन ।  यो नेपालको लागि गर्वको क्षण भएको भन्दै ओलीले खुसी व्यक्त गरेका छन । 

 

‘नेपाली छोरीहरूलाई बधाई, महिला क्रिकेटमा नेपाललाई ऐतिहासिक उपलब्धि, २०२६ महिला टी– २० विश्वकप ग्लोबल छनोटमा नेपाल पहिलो पटक प्रवेश गरेको छ, नेपालका लागि गर्वको क्षण हो, हार्दिक बधाई तथा शुभकामना’, सामाजिक सञ्जाल फेसबुकमा ओलीले लेखेका छन ।

सोमबार भएको सुपर–३ अन्तर्गतको खेलमा युएईलाई ५ विकेटले पराजित गर्दै नेपाल एक खेल अगावै ग्लोबल छनोटमा प्रवेश गरेको छ । नेपाल शीर्ष दुईमा पर्दै ग्लोबल छनोट चरणमा प्रवेश गरे पछि प्रधानमन्त्री ओलीले बधाइ दिएका हुन् ।

 

सुपर ३ मा पुगेको संयुक्त अरब इमिरेटस (युएई) ले दिएको १ सय १५ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ५ विकेट गुमाएर पूरा गरेर ‘ग्लोबल क्वालिफायर’ मा प्रवेश गरेको हो ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।