बेलायतको आस्फोर्डमा किरात धर्मको सामुहिक सेवा सम्पन्न

सिक्कुम फुरुम्बो ‘चरपे’ । गत ३१ मे २०२५ गतेका दिन किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेको आयाेजनामा बार्षिक सामुहिक साक्मुरा वदेमा ( गालिश्रप बहन्ती ) तथा उभाैली खिबेक्वा याक्वा,,लाधुङ,नाम्धुङसेमी सेवा बेलायतको आस्फाेर्ड केन्ट भिक्टाेरिया पार्कमा सम्पन्न भएको हो ।

उक्त सामुहिक सेवा कार्यक्रममा प्रमुख अतिथी आस्फाेर्ड केन्ट बरो काउन्सिका मेयर लिन सडड्रर्डस,विशेष अतिथिमा किरात याक्थुङ चुम्लुङका युकेका केन्द्रीय अध्यक्ष कमला सेन्दाङ,अतिथिहरुमा पहिचानवादी माेर्चा युकेका प्रमुख सचिव लाहाङ चेम्जाेङ, किरात याक्थुङ चुम्लुङ युकेका पुर्व उपाध्यक्ष गणेश इजम,गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष विश्वासदिप तिगेला,लिम्बुवान नागरिक समाज युकेका अध्यक्ष छत्र वनेम,किरात याक्थुङ चुम्लुङ आस्फाेर्डका अध्यक्ष सुन्दर लिङथेप,किरात याक्थुङ चुम्लुङ फाेक्टेनका ज्ञान बहादुर लिम्बु, गाेर्खा पिस फाउण्डेशनका अध्यक्ष भीम तुम्वाहाङफे, किरात राई यायाेक्खा आस्फाेर्डका अध्यक्ष शिवानी लिम्बु,बिगेसका प्रतिनिधि सि.इ.ओ राजेन्द्र नेम्बाङ, एभराेष्ट सेक्रेटरी प्राेपाईटर गाेकर्ण लिम्बू,सेमुक्तु,मुक्कुमलुङ संरक्षण युकेका सहकाेषध्यक्ष जीतेन्द्र चेम्जाेङ,लगायतका अतिथीहरुकाे उपस्थिति रहेकाे थियाे उपस्थित प्रमुख अतिथी लगायत अतिथीहरुलाई सेवा व्यवस्थापन संयाेजक निर्मल पतङवाले खदाँद्वारा अतिथिहरु स्वागत गरेका थिए ।

प्रमुख माङसेवा साबा तथा किरात साम्याे माङसेवा साबा पान्जुभाे युकेका अध्यक्ष मंगल सिं लिङदेनज्युकाे संयाेजनमा बेलायत भरिका माङसेवा साबा र माङसेवा सामाहरुकाे बाक्लाे सहभागितामा किरात साम्जिक मुन्धुम अनुरुप सेवासाबा,सेवासामाद्वारा मुन्धुम वाचन गरि साक्मुरा गालि श्रापवहन्ती,उभाैली याक्वा खिबेक्वा सेवा तथा बिश्व शान्ति मानव एकता सकलप्राणी रक्षार्थ लागि लाधुङ,नाम्धुङसेमि सेवा समेत गरिएकाे थियाे ।

यस बार्षिक सामुहिक सेवामा बेलायतकाे विभिन्न क्षेत्रमा छरिएर बसेबास गर्दै आईरहेका किरात धर्मलवम्बीहरुकाे सामुहिक उपस्थितिमा सेवा गरिएकाे थियाे । संस्थाका अध्यक्ष राजेन्द्र खिम्दिङकाे अध्यक्षता रहेकाे उक्त सेवा कार्यक्रम सचिव पर्वत राई र सहसचिव टेक माबाेहाङ निराजले संचालन गरेकाे थिए ।

किरात धर्मलवम्बीहरुकाे उत्साहजनक सभागितामा हरेक बर्ष यसरी नै सामुहिक सेवा गर्ने गरिएकाे छ । किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेले आयाेजना गर्दै आएकाे कार्यक्रम मध्ये सामुहिक साक्मुरा वदेमा तथा उभाैली याक्वा खिवेक्वा सेवा पनि एक हाे । यस संस्थाले महागुरु फाल्गुनन्द लिङदेनज्युकाे जन्मजयन्ती,सामुहिक माङगेन्ना र साक्मुरा उभाैली खिबेक्वा याक्वा सेवा लगायतका कार्यक्रमहरु आयाेजना गर्दै आएकाे छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।