धनकुटा नगरपालिकाले ल्यायो ९७ करोड बढीको बजेट

धनकुटा, ११ असार । धनकुटा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि ९७ करोड भन्दा बढीको बजेट प्रस्तुत गरेको छ । मंगलबार सम्पन्न भएको १६ औं नगरसभामा आगामी आर्थिक वर्षका लागि ९७ करोड ६१ लाख ७८ हजार ५ सय ३८ बराबरको बजेट प्रस्तुत गरिएको हो ।

नगर प्रमुख चिन्तन तामाङको अध्यक्षतामा भएको नगरसभामा उपप्रमुख भीमा खनालले बजेट प्रस्तुत गरेकी हुन् । प्रस्तुत बजेटमा चालु खर्चतर्फ ५३ करोड ६१ लाख ५९ हजार ७ सय ४८ रुपैयाँ छुट्याइएको छ भने पूँजीगत खर्चतर्फ ४४ करोड १८ हजार ७९० रुपैयाँ विनियोजन गरिएको छ ।

नगर सभामा मेयर चिन्तन तामाङले स्थानीय आठपहरिया जातीको मुख्य चाड वाडाङ्गमेटमा दुई दिन बिदा दिएर धनकुटा नगरको विशेष चाडको रुपमा मनाउने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसार गरी पर्यटनसँग जोड्ने विशेष प्रस्ताव पेश गरेका थिए । सो प्रस्ताव नगरसभाले सर्वसम्मत पारित गरेको छ ।

विभिन्न क्षेत्रमा योगदान पुर्याउनेहरू सम्मानित

विभिन्न क्षेत्रमा योगदान पुर्याउने संस्था, नगरवासी तथा कर्मचारीलाई नगर सभामा सम्मान गरिएको छ । पशुपालक विनोद राई, तरकारी उत्पादक कुमार कार्की, खाद्यान्न उत्पादक लोकबहादुर थापा र उद्यमी राजेश विश्वकर्मा, फलफूल उत्पादक तथा पशुपालक रामकृष्ण श्रेष्ठ र करदाता दिपेन्द्र पराजुलीलाई सम्मान गरिएको छ ।

सहकारी संस्थातर्फ जनउत्थान बहुउद्देश्यीय सहकारी संस्था, उपभोक्ता समितितर्फ लुङदाङ तोरीबारी गराबारी जल उपभोक्ता संस्था र टोल विकास संस्थातर्फ टोड्के टोल विकास संस्था सम्मानित भएका छन् । यता, उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै कर्मचारीहरूलाई पनि सम्मान गरिएको छ ।

सम्मानित हुनेहरूमा इन्जिनियर मिङ्मा दोर्जी शेर्पा, लेखा अधिकृत रत्नबहादुर जिमी राई, वडा सचिव कृष्णप्रसाद भण्डारी र नेत्र प्रसाद काफ्ले, विषयगत प्राविधिक ताराणी श्रेष्ठ, वडाका सहायक कर्मचारी रुपा वनेम, नगर प्रहरी देवेन्द्र थापा, सरसफाइकर्मी माणिकलाल राई र कार्यालय सहयोगी कृष्ण बहादुर राई सम्मानित भएका छन् ।

उनीहरूलाई नगर प्रमुख तामाङ, उपप्रमुख खनाल, प्रमुख प्रशासकीय अधिकृत दशरथ राई लगायतले अबिर, खादा र सम्मान पत्र प्रदान गरी सम्मानित गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖