विराटनगरमा प्रहरीको नाममा शरीर बन्धक बनाई डकैती गरेको आरोपमा दुई जना पक्राउ

मोरङ । प्रहरीको नाममा शरीर बन्धक बनाई डकैती गरेको आरोपमा मोरङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा नं. ८ का २४ वर्षीय समीर हुसेन र वडा नं. ६ का २७ वर्षीय आशिफ अन्सारी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार असार ११ गते बिहान ११:१५ बजे विराटनगर–१५ का २० वर्षीय विक्रम कुमार साह तेलीले बैंकमा जम्मा गर्न लैजाँदै गरेको रु. ३ लाख ६४ हजार रुपैयाँ रातो स्कुटरमा आएका तीन जना अपरिचित व्यक्तिले लुटपाट गरेका थिए।

पीडितका अनुसार सिटी सफारीमा यात्रा गरिरहेका बेला रानीस्थित राइस मिल नजिक ती व्यक्तिहरूले स्कुटर रोकेर आफूहरू ‘जिल्ला प्रहरी कार्यालय मोरङबाट आएको अनुसन्धान टोली हौँ’ भनी झूटो परिचय दिँदै नियन्त्रणमा लिएका थिए। उनीहरूले पीडितलाई स्कुटरको बिचमा जबरजस्ती राखी विराटनगर–१४ स्थित एकान्त स्थानमा लगेर धम्की दिँदै साथमा रहेको नगद रकम लुटेर फरार भएका थिए।

प्रहरीले अनुसन्धानको क्रममा असार १५ गते सो घटनामा प्रयोग भएको को.१४ प. ३३३० नम्बरको स्कुटरसहित समीर हुसेन र आशिफ अन्सारीलाई पक्राउ गरेको हो। उनीहरूलाई पीडितले सनाखत समेत गरिसकेको छ।

प्रहरीले उनीहरूमाथि शरीर बन्धक बनाई डाँका गरेको कसुरमा मोरङ जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान गरिरहेको जनाएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।