झापा, मोरङ र सुनसरीबाट लागुऔषध ब्राउन सुगर र गाँजा सहित ६ जना पक्राउ

विराटनगर, असार १७ गते । झापा, मोरङ र सुनसरीको छुट्टा छुट्टै स्थानहरुबाट लागू औषध ब्राउन सुगर र गाँजा सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय भद्रपुर झापाको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका बिर्तामोड नगरपालिका-४ का ३२ बर्षीय धर्मा कुमार शर्मालाई २ ग्राम ६६ मिलिग्राम लागू औषध ब्राउन सुगर सहित र प्रहरी चौकी बिर्ताबजारले बिर्तामोड-३ का २६ बर्षीय बिर बहादुर राजबंशीलाई ५ सय ६० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो ।

यसैगरी लागू औषध नियन्त्रण ब्यूरो विराटनगरले विराटनगर-१५ स्थितबाट मोरङको शनिश्चरे-८ का ३२ बर्षीय उजिर लिम्बुलाई २ ग्राम ४ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

यस्तै अस्थायी प्रहरी चौकी अमरहाट धरानको प्रहरी टोलीले चेकजाँचको क्रममा सुनसरीको धरान-१३ स्थितबाट यात्रुबाहक बसमा सवार धनकुटाको सहिदभुमी गाउँपालिका-२ का ५४ बर्षीय तेज बहादुर राईलाई ५५ किलोग्राम लागू औषध गाँजा सहित नियन्त्रणमा लिएको हो भने इलाका प्रहरी कार्यालय देवानगंज सुनसरीले देवानगंज-३ का १८ बर्षीय राज कुमार यादबलाई उनकै घरबाट ६ किलोग्राम २ सय ८० मिलिग्राम लागू औषध गाँजा सहित नियन्त्रणमा लिए संगै कारोबारमा संलग्न १८ बर्षीय राजु यदबलाई समेत नियन्त्रण लिई थप अनुसन्धान गरी रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।