कोशी प्रदेश प्रहरी प्रमुखद्वारा नेपाल प्रहरी स्कुल धरानको निरीक्षण भ्रमण

सुनसरी, असार १७ गते । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले असार १७ गते नेपाल प्रहरी स्कुल धरानको निरीक्षण भ्रमण गर्नु भएको छ ।

निरीक्षण भ्रमणको क्रममा कार्यालय भवन, सम्पुर्ण शाखाहरु तथा कक्षा कोठाहरुको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनु भएको छ । प्रहरी कर्मचारीहरुलाई निर्देशनको क्रममा वँहाले अभिभावकको बिश्वास र भरोसा बोकेका बिद्यार्थीहरुको रेखदेखलाई पहिलो प्राथामिकता दिई शान्तमय वातावरणमा अध्ययन गर्ने अधिकारको शुनिश्चितता प्रदान गर्न निर्देशन दिनु भयो ।

वहाँले शिक्षक तथा अध्ययनरत बिद्यार्थीहरुसंग छलफल तथा अन्तरक्रिया गर्नु भएको थियो भने सौहार्दपुर्ण वातावरणमा विधार्थीहरुलाई अध्यापन गराउन र गुणस्तरीय शिक्षा प्रदान गर्न, शारिरिक ब्यायाम र अतिरिक्त क्रियाकलापमा समेत बिद्यार्थीहरुलाई सहभागी गराउन शिक्षकहरुलाई अनुरोध गर्नु भएको थियो । वहाँले अमर, अशक्त प्रहरी परिवारका सन्तति तथा जेहेन्दार बिद्यार्थीहरुलाई छात्रबृति उपलव्ध गराउनुका साथै बिभिन्न खेलकुदमा विजय हुने उत्कृष्ट बिद्यार्थी, उत्कृष्ट कार्यगर्ने प्रहरी कर्मचारीहरु लगायत शिक्षकहरुलाई पुरस्कृत गर्नु भएको थियो ।

सोही क्रममा प्रदेश प्रमुख कार्कीले नेपाल प्रहरी प्रदेश कार्यालय बिधि बिज्ञान इकाई धरानको समेत निरीक्षण, अनुगमन गर्नुका साथै प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।