ताप्लेजुङको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् ।

स्थानीय हस्त बहादुर कटुवालको घर पहिरोले पुरिँदा ५० वर्षीया श्रीमती ठगमाया कटुवाल गम्भिर घाईते हुनु भएका हुन् भने अन्य चार जनाको अवस्था सामान्य रहेको छ ।

कुलोमा बगेको पानी छेकिएर घरमाथिको खेतमा पस्दा पहिरो खसेर घर पुरिएर परिवारका अन्य चार जना घाइते भएको आङखोपका वडाध्यक्ष रत्न बहादुर खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार गएराति करिब १ बजेको समयमा पहिरोले घर पुरिएको हो । पहिरोले एक्कासी घर पुरिएपछि छेउमा रहेको मतानमा सुतेका छोराबुहारीले आमाबुवाको तत्काल उद्धार गरेका थिए । पहिरोका कारण हस्तबहादुर सहित पाँच जना सामान्य घाइते भएका छन् । घरमा तथा मतानमा सुतेका छोरा जगत कटुवाल, बुहारी सरस्वता कटुवाल र छोरी सम्झाना कटुवाल सामान्य घाइते भएको बताइएको छ ।

घाईते ठगमायालाई गम्भिर चोट लागेकाले थप उपचारको लागि एम्बुलेन्स झिकाइएको वडाध्यक्ष खत्रीले बताउनुभयो । घटना भएको करिब ७ घण्टा बितिसक्दा समेत एम्बुलेन्स आइनपुगेको स्थानीय मौसम सेलिङ लिम्बूले बताउनुभयो । उहाँका अनुसार पालिकाको केन्द्र साब्लाखुबाट एम्बुलेन्स झिकाइएको छ । साब्लाखुबाट घटनास्थल पुग्न आधा घण्टाको मात्रै समय लाग्नेभएपनि हालसम्म घाईतेको उद्धार हुन सकेको छैन ।

राति वर्षा नभएपनि सिँचाइका लागि ल्याइएको कुलो थुनिएर पानी खेतबारीमा खसेर पहिरो झरेको स्थानीयको भनाइ छ । घटनास्थलमा अहिले साब्लाखु प्रहरी चौकीको टोलीले अनुसन्धान तथा क्षतिको विवरण सङ्कलन गर्ने कार्य सुरु गरेको छ ।-रेडियो आठराई

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।