मोरङको सुन्दरहरैँचामा टिपरको ठक्करबाट ६ जना घाइते

मोरङ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरंगको सुन्दरहरैँचा नगरपालिका–४ बलियामा टिपरको ठक्करबाट ६ जना घाइते भएका छन् ।

‘ओभरटेक’ गर्ने क्रममा टिपरले सीटी सफारीलाई ठक्कर दिँदा बिहीबार साँझ ७ बजेतिर दुर्घटना भएको हो । बलियाबाट गछियातर्फ जाँदै गरेको इटहरी उपमहानगर १ ह ००५९ नम्बरको सफारीलाई गछियातर्फ नै जाँदै गरेको प्रदेश १–०२–००१ ख ९८९६ नम्बरको टिपरले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार टिपरले ठक्कर दिँदा सफारीमा सवार रहेका सुन्दरहरैँचा–५ की ५३ वर्षीया अमेरिकादेवी यादव, ३१ वर्षीया ज्वाति यादव, २१ वर्षीया रिंकु यादव, ११ वर्षीया देव्यानी यादव, ९ वर्षीय देवराज यादव र ५ वर्षीया दीपिका यादव घाइते भएका हुन् । घाइते हुनेहरु एउटै परिवारका रहेको प्रहरीको भनाइ छ ।

सामान्य अवस्थाका उनीहरुको इटहरी सामुदायीक अस्पतालमा उपचार भइरहेको छ । सफारी चालक इटहरी–३ का ४७ वर्षीय सुनकुमार लिम्बू र टिपर चालक सुन्दरहरैँचा–६ का ३५ वर्षीय सागर चौधरीलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।-बेतना दैनिक

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।