झापामा दुर्घटना,सफारी चालकको मृत्यु
विराटनगर । झापामा शनिबार बिहान दुर्घटना हुँदा सीटी सफारी चालकको मृत्यु भएको छ । मेचीनगर नगरपालिका–१० ढाट चोकस्थित भित्री सडक खण्डमा दुर्घटना भएको हो ।
महामती फर्निचर उद्योगबाट नागाडुब्बातर्फ जाँदै गरेको प्रदेश १–०१–००२ ह ७१०५ नम्बरको सफारी आफैं अनियन्त्रित भएर बिहान ९ः३० बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा सफारी चालक मेचीनगर–११ का ३२ वर्षीय राज कररियाको मृत्यु भएको हो ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा बिर्तामोडको बी एन्ड सी अस्पतालमा बिहान १० बजेतिर मृत्यु भएको जानकारी प्रहरीले जनाएको छ ।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।


