ताप्लेजुङको दोस्रो ठूलो बजार दोभानलाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने

ताप्लेजुङ । ताप्लेजुङको दोस्रो ठूलो बजार दोभानलाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने भएको छ । मेरिङ्देन गाउँपालिका तीनमा रहेको ऐतिहासिक र व्यापारिक केन्द्र दोभान बजारलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने भएको हो ।

शनिबार सम्पन्न भएको जनता सँग जनप्रतिनिधि तथा दोभान बजारको पर्यटन प्रर्वद्धन सम्बन्धी अन्तरकृया कार्यक्रम मार्फत दोभान बजारलाई पर्यटकीय गन्तव्यको रुपमा लैजाने प्रतिबद्धता जनाइएको छ ।

कार्यक्रममा मेरिङदेन गाउँपालिका अध्यक्ष युकहाङ वीर हाङ्गाम (डम्बर), उपाध्यक्ष दुर्गाहाङ श्रेङचोङ्बाङ, योजना शाखा प्रमुख रत्नेश्वर यादव, मेरिङ्देन गाउँपालिका तीन नम्बर वडाअध्यक्ष गजेन्द्र कुमार नाल्बो सहितका जनप्रतिनिधि साथै सरोकारवाला र स्थानीयको उपस्थितिमा दोभान बजारलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सात प्रतिबद्धता जाहेर गरिएको छ ।

जसमा दोभान बजारलाई सफा सुन्दर र शान्त बनाई पर्यटकीय क्षेत्रको आकर्षक गन्तव्यको रुपमा विकास गर्न स्थानीय बासीले आफ्नो घर साथै नजिकको क्षेत्रमा भएको फोहोर व्यवस्थापन गर्ने प्रतिबद्धता जाहेर गरिएको छ । तमोर नदि तथा मैवाखोला किनारमा बस्ती रहेकाले यी दुवै खोला तथा नदी कटानबाट बजारलाई जोखिम कम गर्न पालिकाले प्रदेश सरकार तथा सङ्घीय सरकारको सहयोगमा तटबन्धन कार्यक्रम प्रभावकारी रुपमा गर्न पहल गरिने भएको छ ।

यस्तै जलचर संरक्षणका अभियानलाई व्यापक बनाइने, विद्युतीय करेन्टबाट माछासहितको जलचर मर्ने कार्यलाई पूर्ण रुपमा निषेध गरिने, बजारमा सञ्चालित होटलहरुलाई व्यावसायिक मापदण्डको दायरामा ल्याई व्यावसायिक अभिवृद्धिका लागि उचित कार्यक्रम सञ्चालन गरिने भएको छ । साथै र्‍याफ्‌टिङ सञ्चालनका लागि आवश्यक पहल गरिने, होम स्टे सञ्चालनमा ल्याउने र धार्मिक बिविद्यतालाई ध्यानमा राखी संस्कृत झल्कने तस्विर साथै चित्रको व्यवस्था गरिने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।

दोभान बजारलाई जिल्लाको दोस्रो ठूलो र ऐतिहासिक साथै व्यापारिक केन्द्रको रुपमा लिने गरिन्छ ।-रेडियो आठराई

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖