झापामा पौडी खेल्ने क्रममा डुबेर लिम्बूको मृत्यु

झापा । झापाको भद्रपुर-३ मा पौडी खेल्ने क्रममा डुबेर एकजना बालकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा भद्रपुर-२ महारानीचोक बस्ने अर्जुन लिम्बूको छोरा १३ वर्षीय अर्पण लिम्बू रहेका छन् ।

आज दिउँसो ३ बजे भद्रपुर-३ स्थित देउनिया खोला र मेची खोलाको दोभानमा साथीहरुसँग पौडी खेल्न गएको लिम्बू डुबेर बेपत्ता भएका थिए ।
स्थानीय प्रहरी चौकी किच्चकबधको प्रहरी टोली र स्थानीयबासीहरुको सहयोगमा खोजतलास गर्दा ४ः२५ बजे लिम्बूको शव भेटिएको थियो ।

घटनाबारे थप अनुसन्धान जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी अधिकृतको टोली घटनास्थालतर्फ गएको झापाका प्रहरी प्रवक्ता डिएसपी खगेन्द्रबहादुर खड्काले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖