भोजपुरमा एकै घर परिवारका ४ जना सदस्यको हत्यामा संलग्न पक्राउ

भोजपुर, असार २२ गते । भोजपुरको रामप्रसाद राई गाउँपालिका-२ धोत्लेखानी स्थितमा एकै घर परिवारका चार जनालाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गर्ने भोजपुर नगरपालिका-२ का ३० बर्षीय राजेन्द्र राईलाई प्रहरीले पक्राउ गरेको छ ।

असार २२ गते राती ११ बजे राईले बेल बहादुर गिरी, मन्जु गिरी, मनिषा गिरी र श्रवण गिरीलाई विवादको क्रममा धारिलो हतियार छुरा प्रहार गरी हत्या गरेका थिए । घटनाको जानकारी प्राप्तहुना साथ नजिकमा रहेको अस्थायी प्रहरी चौकी ओख्रेबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न राईलाई रामप्रसाद राई गाउँपालिका-१ हर्वु भञ्ज्याङ स्थितबाट पक्राउ गरेको हो ।

घटना स्थलमा जिल्ला प्रहरी कार्यालय भोजपुर र इलाका प्रहरी कार्यालय घोडेटारबाट खटिएको अनुसन्धान अधिकृत सहितको प्रहरी टोलीले घरको एउटै कोठामा चारै जनालाई छुरा प्रहार गरी हत्या गरेको अवस्थामा फेला पारेको थियो ।

घटना स्थलको कानूनी प्रकृया पुरा गरी चार वटै शवलाई पोष्टमार्टमको लागी जिल्ला अस्पताल भोजपुर पठाईएको छ भने घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।