मोरङको पथरीशनिश्चरे र विराटनगरमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

विराटनगर । मोरङको पथरीशनिश्चरे र विराटनगरमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

कोशी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका–३ आयल निगममा सोमबार बिहान ४ः३५ बजेतिर मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । ढाटबाट कञ्चनबारीतर्फ आउँदै गरेको को ३७ प २६४ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालले बताए ।

उनका अनुसार मोटरसाइकल डीभाईडरमा ठोक्किएर दुर्घटना हुँदा चालक सप्तरीको मधुवन घर भएका अन्दाजी २४ वर्षीय अरविन यादवको मृत्यु भएको हो । गम्भीर घाइते भएका यादवलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल लगिएको थियो ।

अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएका हुन् । मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

त्यस्तै, पथरीशनिश्चरे नगरपालिका–२ स्वागत टोलमा नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट १ जना वृद्धको मृत्यु भएको छ ।

पथरीशनिश्चरे–२ का ६७ वर्षीया दिलमान साम्बाको मृत्यु भएको प्रहरीले जनाएको छ ।इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालका अनुसार पहिचान नखुलेको सवारीसाधनले आइतबार राति १० बजेतिर ठक्कर दिँदा साम्बा गम्भीर घाइते भएका थिए । उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल पठाइएको थियो ।

उपचारका क्रममा सोमबार बिहान ३ः३० बजेतिर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । साम्बालाई ठक्कर दिने सवारीसाधनको खोजी भइरहेको र घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी दाहालले बताए ।-बेतना दैनिक

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।