झापामा सामूहिक कुटपिटबाट महिलाको मृत्यु

झापा। झापाको अर्जुनधारामा सामूहिक कुटाइबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा ८ स्थित नयाँ खसी बजार जाने बाटोमा रहेको प्रकाश गिरीको घरमा डेरा बस्ने २२ वर्षीया गरिमा भनिने गंगा राई रहेकी छन् ।

उनलाई गएराति ११ः३० बजे अर्जुनधारा ८ बस्ने ३१ वर्षीय रमेश भुसालकी ३२ वर्षीया श्रीमती सुस्मिता भुसालले अन्य महिलालाई साथमा लिई सामूहिक कुटपिट गरेकी थिइन् । कुटपिटबाट घाइते भएकी महिलालाई शंकर अस्पताल शनिश्चरेमा सामान्य उपचारपछि थप उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगिएको थियाे । तर, उपचारको क्रममा आज बिहानको राति १ः२० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

मृतकको शव सोही अस्पतालमा नै रहेको छ । प्रहरीका अनुसार कुटपिटमा सोही ठाउँ बस्ने ५४ वर्षीया मैया श्रेष्ठ, ३८ वर्षीया बबिता बिक, २४ वर्षीया मेनुका पाँचकोटे र ६० वर्षीया नर्बदा सुन्दास संलग्न भएको बताइएको छ। प्रहरीले पाँच जना महिला र सुस्मिता भुसालका श्रीमान रमेश भुसाललाई पनि नियन्त्रणमा लिएको छ ।

आफ्ना श्रीमान् रमेश भुसाल गंगा राईको कोठामा गएको भन्दै सुस्मिता भुसालले साथी भेला गरेर कुटपिट गरेको बताइएको छ ।-बेतना दैनिक

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।