कोशी प्रदेशमा एक वर्षको अवधीमा १५ हजार बढीले गराए गर्भपतन

धनकुटा,२५ असार । कोशी प्रदेशमा एक वर्षको अवधीमा १५ हजार बढीले सुरक्षित गर्भपतन गराएको विवरण सार्वजनिक गरिएको छ ।

स्वाथ्य निर्देशनालय धनकुटाले आज पाख्रिवासमा आयोजना गरेको स्वाथ्य प्रवद्र्धनका लागि पत्रकार र सरोकारवालाहरु संगको अन्र्तक्रिया कार्यक्रममा यो विवरण सार्वजनिक गरिएको हो । जस अन्र्तगत सबै भन्दा बढी सुनसरी जिल्लामा ३ हजार ५ सय ६४ जनाले सुरक्षित गर्भपन गराएको स्वाथ्य निर्देशनालय धनकुटाकी जनस्वाथ्य अधिकृत स्मृती लुइटेलले जानकारी दिनु भयो ।

त्यस्तै झापामा ३ हजार ४ सय ५८ जना मोरङ्गमा २ हजार ४ सय ३२ इलाममा १ हजार ३ सय ३ जना, पाँचथरमा ९ सय ७४ जना, संखुवासभामा ८ सय २३ जना, उदयपुरमा ६ सय ३५ जना , तेह्रथुममा ५ सय १५ जना, धनकुटामा ५ सय १० जना, ताप्लेजुङ्गमा ३ सय ५३ जना, खोटाङ्गमा २ सय ७५ जना, भोजपुरमा २ सय ६३ जना, सोलुखुम्वुमा २ सय ३८ जना र ओखलढुंगामा ६९ जनाले सुरक्षित गर्भपतन गराएको जनस्वाथ्य अधिकृत स्मृती लुइटेलले बताउँनु भयो ।

गर्भवती महिलाको मञ्जुरीले १२ हप्तासम्मकोे गर्भ, जबर्जस्तीकरणी वा हाडनाता करणीबाट रहन गएको १८ हप्तासम्मको गर्भ र गर्भपतन नगराएमा गर्भवती महिलाको ज्यानमा खतरा हुने वा निजको शारीरिक, मानसिक स्वास्थ्यमा असर पर्ने वा विकलाङ्ग बच्चा जन्मन सक्ने सम्भावना भएमा जुनसुकै समयमा पनि महिलाको मञ्जुरीमा गर्भपतन गराउन सकिने कानुनी व्यवस्था रहेको छ ।

अन्र्तकृया कार्यक्रममा धनकुटा सहित कोशी प्रदेशका विभिन्न ७ जिल्लाका पत्रकार सहित स्वाथ्य निर्देशनालय धनकुटाका प्रमुख ज्ञानबहादुर बस्नेत लगायतको उपस्थिती रहको थियो । कार्यक्रममा स्वाथ्य निर्देशनालय धनकुटाले आर्थिक वर्ष २०८१÷८२मा सम्पादन गरेका विवरण समेत सार्वजनिक गरिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।