झापाबाट २६० ग्राम ३० मिलिग्राम लागू औषध ब्राउन सुगर बरामद २ जना पक्राउ

झापा, असार २६ गते । झापाको २ स्थानहरुबाट २ सय ६० ग्राम ३० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित कारोबारमा संलग्न २ जनालाई पक्राउ गर्न प्रहरी सफल भएको छ ।

कोशी प्रदेश प्रहरीको लागू औषध दुर्व्यसन विरुद्दको महाअभियान अन्तरगत असार २६ बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले राती साढे १२ बजे भारतबाट नेपाल तर्फ साईकलमा आउदै गरेका कनकाई नगरपालिका-१ का ३० बर्षीय पवन ऋषिदेबलाई झापा गाउँपालिका-४ सुकुम्बासी बस्ति स्थितबाट नियन्त्रणमा लिई चेकजाँच गर्दा साईकलको ट्युब भित्र लुकाई छिपाई ल्याउदै गरेको ब्राउन सुगर १ सय ६७ ग्राम सहित नियन्त्रणमा लिएको हो ।

यसैगरी इलाका प्रहरी कार्यालय कुमरखोदले असार २५ गते साँझ झापा गाउँपालिका-१ सुडुखुट्टु स्थितबाट ९३ ग्राम ३० मिलिग्राम ब्राउन सुगर सहित देश भारत बिहारका ६० बर्षीय गबरी साहलाई नियन्त्रणमा लिएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖