मोरङको बुढिगंगा स्थित नहरको किनारमा वेवारिसे महिलाको शव फेला
मोरङ । मोरङको बुढिगंगा स्थित नहरको किनारमा वेवारिसे महिलाको शव फेला परेको छ ।
गत असार २८ गते बुढिगंगा गाउपालिका वडा नं. ६ स्थित नहरको किनारमा अन्दाजी ३०/३५ बर्षको नाम, थर, वतन नखुलेको महिला मृत (सडेको) अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
मृतकले प्रयोग गरेको कपडाहरु समेत फेला परेकोले कपडा पहिचान गर्नुहुनेले जिप्रका मोरङ वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क राख्न हुन प्रहरीले अनुरोध गरेको छ ।





