यी हुन् सुनसरीमा सालीको हत्या गरी फरार पुरुष
सुनसरी । सुनसरीमा गोली प्रहार गरी किशोरीको हत्या गरी एक पुरुष फरार भएका छन् ।
हरिनगर गाउँपालिका– ६ घुस्कीकी १८ वर्षीय अर्सी खातुनको हत्या गरी भारतको पुर्णिया जिल्ला पत्राहा पञ्चायत– १६ घुर्नाका २९ वर्षीय आजात मिया जट फरार भएका हुन् ।
प्रहरीका अनुसार जटले आइतबार राति करिब १ बजे साली अर्सीकाे गाेली प्रहार गरी हत्या गरेका थिए । ससुराली आएका बेला सालीकाे हत्या पछि फरार भएका मियाको खोजी भइरहेकाे सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए ।
प्रारम्भिक अनुसन्धानका क्रममा किशोरीको हत्या पछि ती पुरुष भागेर भारत नै पुगेकाे देखिएकाे प्रहरीले जनाएकाे छ ।


