झापामा पर्खालले किचेर कामदारको मृत्यु

झापा । झापामा घरको कम्पाउण्डमा लगाएको पर्खालले किचेर आइतबार १ जना कामदारको मृत्यु भएको छ ।

भद्रपुर नगरपालिका–६ राधाकृष्ण टोलका इन्द्र राउतको घरको कम्पाउण्डमा लगाएको पर्खाल लडेर किच्दा ३५ वर्षीय लक्ष्मण कामतीको मृत्यु भएको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले बताए । उनका अनुसार घरधनी राउत सघन सहरी भवन निर्माण विभागको नालाको काम गर्दै आएका थिए ।

त्यस्तै, पर्खाले किचेर मृत्यु भएका कामती यज्ञ निर्माण एण्ड सप्लायर्स प्रा.लिले नालाको काम गर्न खटाएका कामदार हुन् । बिर्तामोड नगरपालिका–९ लक्कीबारी घर भएका कामती पर्खालले किचेर दिउँसो ४ बजेतिर गम्भीर घाइते भएका थिए ।

उपचारका लागि प्रदेशिक अस्पताल भद्रपुर पुर्याउनसाथ साँझ ५ बजेतिर चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ । डीएसपी खड्काले घटनाको थप अनुसन्धान भइरहेको जनाए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।