पत्रकार महासंघका पूर्वकेन्द्रीय उपाध्यक्ष बस्यालको मोटरसाइकल दुर्घटनामा मृत्यु

रुपन्देही । नेपाल पत्रकार महासंघका पूर्वकेन्दीय उपाध्यक्ष तथा बर्दिया शाखाका पूर्वअध्यक्ष कृष्णप्रसाद बस्याल (राकेश)को मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ ।

पत्रकार महासंघ बर्दियाका सचिव यज्ञप्रसाद सापकोटाका अनुसार बस्यालको आइतबार दुर्घटनामा परी उपचारका क्रममा मृत्यु भएको हो । ५७ वर्षीय बस्याल दुई कार्यकाल पत्रकार महासंघ, बर्दियाका अध्यक्ष हुँदै केन्द्रीय उपाध्यक्ष बनेका थिए।

जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी डीएसपी चक्र डमर पालका अनुसार दुर्घटनापछि शिक्षण अस्पताल नेपालगन्जमा उपचारको क्रममा उनको राती मृत्यु भएको हो। हुलाकी सडकको गणेश चोकमा मोटरसाइकल अनियन्त्रित भई पछाडि बसेका बस्याल गम्भीर घाइते भएका थिए।

मोटरसाइकल चालक विष्णु पौडेल घाइते भई गुलरियामा उपचार भइरहेको छ । सडकको साइकल यात्रुलाई जोगाउँदा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ ।

बारबर्दिया नगरपालिका–४ का साइकल यात्रु प्रदिप थारु सामान्य घाइते भई उपचार पछि घर फर्केको प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।